Gaurishankar Post
ब्रेकिंग

पर्यटन प्रवद्र्धनका लागि फागुन १९ देखि दोलखा महोत्सब हुने


श्याम खतिवडा
दोलखा १ फागुन,,,

आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फागुन १९ देखि २७ गतेसम्म दोलखा महोत्सव आयोजना हुने भएको छ ।
कोरोना महामारी लगाएत अन्य विभिन्न कारणले पछिल्लो समय जिल्लाको आर्थिक अवस्था कमजोर बन्दै गएको र पर्यटन क्षेत्र समेत चलायमान बनाउन सहयोग पु¥याउने उद्देश्यका साथ दोलखा महोत्सव आयोजना गर्न लागिएको हो । दोलखास्थित चेम्बर अफ कमर्शले आयोजना गर्न लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको संस्थाका अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए । चरिकोटको टुँडिखेल मैदानमा आयोजना हुने उक्त महोत्सबमा एक सय स्टल रहने बताइएको छ ।
महोत्सवमा जिल्लाका विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन गरिने, पञ्चेबाजा संरक्षणका लागि पञ्चेबाजा बजाउने समूहबीच प्रतियोगिता आयोजना गरिने, खैंजडी भजन तथा स्थानीय तथा राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुतिलगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ । सोही अवसरमा आर्थिक बहस, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान(नाष्ट), विज्ञान तथा रोबोटिक एसोसिएसनको सहयोगमा रोबोट प्रदर्शन, कम्प्युटर एसोसिएसनको सहयोगमा निःशुल्क मर्मत शिविर तथा साइबर सचेतना कार्यक्रम सञ्चालन हुने बताइएको छ ।

साथै स्ट्रिट फुड फेस्टिबल, माउन्टेन फ्लाइटमार्फत् दोलखाका पर्यटकीय स्थल अवलोकन तथा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयर अभौतिकीकरण शिविरलगायतका कार्यक्रम पनि रहेका छन् । महोत्सव सञ्चालनका लागि दोलखा चेम्बरका अध्यक्ष विष्णु श्रेष्ठको संयोजकत्वमा दुई सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने महोत्सवको प्रचारप्रसार, आर्थिक, मञ्चमेला व्यवस्थापन तथा मनोरञ्जन व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

जिल्ला समन्वय समति दोलखाका संयोक बर्जुराम घतानीको संयोजकत्वमा महोत्सव संरक्षक समिति गठन गरिएको तथा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरको संयोजकत्वमा महोत्सव संयोजन समिति गठन गरिएको आयोजकले जनाएको छ । वरिष्ठ कलाकार मदनदास श्रेष्ठको संयोजकत्वमा एक सय एक सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखामा बसको ठक्करले मोटरचाइकल चालकको मृत्यु

shyam khatiwada

कांग्रेसको शुवेच्छुक संस्था समन्वय बिभागको विज्ञ सदस्यमा दोलखाका नेता शिवाकोटी नियुक्त

shyam khatiwada

दोलखा प्रहरीलाई विपत प्रतिकार्यका लागि अत्याबश्यक सामाग्री सहयोग

shyam khatiwada
Gaurishankar Post