श्याम खतिवडा
दोलखा १८ साउन,,,
दोलखाको उपल्लो उत्तरी क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग सुनखानी साङ्बा सडकमा आएको विशाल पहिरोले उक्त सडक अवरुद्ध भएको छ ।
गएरातीको वर्षातका कारण कालिञ्चोक गाउँपालिका १ स्थित सुनखानी साङ्बा सडकखण्डको क्याङपोलमा झण्डै ८० मिटर सडक बगेपछि अवरुद्ध बनेको हो । सडक अवरुद्ध हुँदा बेगुम्पा पुगेका ४ सवारी साधन बोलेरो जिप उतै थुनिएको कालिञ्चोक १ का वडाअध्यक्ष पदम थामीले जानकारी दिए । सडक अवरुद्ध हुँदा नियमित यात्रु सहित निकोभुमे माध्यमिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुले समेत विद्यालय आउन सकेका छैनन् । कालिञ्चोक १ को क्याङपोल र मुङ्चाको विच भागमा पर्ने हेलेक्पाथली भन्ने स्थानमा पहिरो झर्दा सडक अवरुद्ध बनेको हो ।
कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुल बहादुर बुढाथोकीले पहिरोका कारण दर्जनौं बस्तीहरुसँग सम्पर्क टुटेको बताएका छन् । उनले तत्काल सडक सञ्चालनमा ल्याउन कठिनाइ भएको बताएका छन् । उक्त खण्डमा पुर्वाधार विकास कार्यालयको ठेक्का लागेको भएकाले समाधानका लागि आबश्यक पहल भैरहेको जनाएका छन् ।