Gaurishankar Post
समाचार

पहिरोले दोलखाको सुनखानी साङ्बा सडक अबरुद्ध


श्याम खतिवडा
दोलखा १८ साउन
,,,
दोलखाको उपल्लो उत्तरी क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग सुनखानी साङ्बा सडकमा आएको विशाल पहिरोले उक्त सडक अवरुद्ध भएको छ ।
गएरातीको वर्षातका कारण कालिञ्चोक गाउँपालिका १ स्थित सुनखानी साङ्बा सडकखण्डको क्याङपोलमा झण्डै ८० मिटर सडक बगेपछि अवरुद्ध बनेको हो । सडक अवरुद्ध हुँदा बेगुम्पा पुगेका ४ सवारी साधन बोलेरो जिप उतै थुनिएको कालिञ्चोक १ का वडाअध्यक्ष पदम थामीले जानकारी दिए । सडक अवरुद्ध हुँदा नियमित यात्रु सहित निकोभुमे माध्यमिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुले समेत विद्यालय आउन सकेका छैनन् । कालिञ्चोक १ को क्याङपोल र मुङ्चाको विच भागमा पर्ने हेलेक्पाथली भन्ने स्थानमा पहिरो झर्दा सडक अवरुद्ध बनेको हो ।
कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुल बहादुर बुढाथोकीले पहिरोका कारण दर्जनौं बस्तीहरुसँग सम्पर्क टुटेको बताएका छन् । उनले तत्काल सडक सञ्चालनमा ल्याउन कठिनाइ भएको बताएका छन् । उक्त खण्डमा पुर्वाधार विकास कार्यालयको ठेक्का लागेको भएकाले समाधानका लागि आबश्यक पहल भैरहेको जनाएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

लोकतान्त्रिक बाम गठबन्धन दोलखाको अपिल

sanjeet

कालिञ्चोक खतिवडा सेवासमाजको प्रथम साधारण सभा, रेबन्तीको नेतृत्वमा नयाँ कार्यसमिति

shyam khatiwada

दोलखामा दैनिक थपिदै कोरोना संक्रमित , सकृय संक्रमितको संख्या ४ सय ६५ पुग्यो

shyam khatiwada
Gaurishankar Post