Gaurishankar Post
ब्रेकिंग स्थानीय समाचार

पहिरो प्रभावित क्षेत्र झमार्सी पुगे मन्त्री काफ्ले ,अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्न निर्देशन


श्याम खतिवडा
दोलखा ७ भदौ

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले अबरुद्ध दोलखा सिंगटी सडकखण्डको झमार्सी पहिरो प्रभावित क्षेत्रको अनुगमन गरेका छन् ।
शुक्रबार मन्त्री काफ्ले सडक डिभिजन कार्यालयका प्रमुख र कर्मचारीको टोली सहित पहिरोस्थल कालिञ्चोक ४ को झमार्सी पुगेर पहिरो क्षेत्र सहित अवरुद्ध सडकको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मन्त्री काफ्लेले द्रुत गतिमा काम सम्पन्न गराइ यात्रुलाई सहज बनाउन निर्देशन गरेका थिए । उनले भने यो वा त्यो बाहानामा सडक सुचारु गर्न ढिलाई भैरहेको जनगुनासो आएको भन्दै तत्काल सडक मर्मतको काम पुरा गरी यात्रुमैत्री सडक बनाउनुपर्छ ।
३ साता अघि दोलखा सिंगटी सडकखण्डको झमार्सीमा पहिरोले सडक बगाउदा दोलखाको सिंगो उत्तरी क्षेत्र सडक सञ्जालबाट टुटेको थियो । डिभिजन सडक कार्यालयले छोटो अवधिको ठेक्का आह्वान गरी मर्मत सुरु गरेको उक्त क्षेत्रमा शुक्रबार विहानबाट साना सवारीसाधन सञ्चालनमा आएपनि यात्रुबाहक बस तथा अन्य ठुला सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् ।
अनुगमनका क्रममा मन्त्री काफ्लेले सडक अवरुद्ध हुँदा सिंगो जिल्लाको उत्तरी क्षेत्र सडक सञ्जालबाट बिच्छेद भएको भन्दै जनताको नुन तेल ओसार्ने बाटो अवरुद्ध भएको लामो समय बितिसक्दा पनि सञ्चालनमा आउन नसक्दा नागरिकमा राज्यप्रति निराशा छाएको भन्दै तत्काल सम्पन्न गर्न आग्रह गरेका छन् ।
यता डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख इन्जिनियर अमित कुमार श्रेष्ठले तत्काल सडक सञ्चालन गर्न कार्यालयको तर्फबाट कुनै कसर बाँकी नराखेको र गर्दागर्दै पनि कठिन भौगोलिक बनावटका कारण केही ढिलाई भएको जनाउदै केहीदिन भित्रै ठुला सवारी साधन चल्ने गरी मर्मतको काम सम्पन्न हुने जनाएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

संगठित हुँदै कांग्रेस निकट थामी समुदाय , काठमाडौंमा केन्द्रीय तदर्थ समिति गठन

shyam khatiwada

माथिल्लो तामाकोसी आयोजनाका कर्मचारीको आन्दोलन फिर्ता

shyam khatiwada

७ वर्षदेखि निमित्तको भरमा जिल्ला अस्पताल ,जनशक्ति अभाबले उपचारमै समस्या

shyam khatiwada
Gaurishankar Post