Gaurishankar Post
ब्रेकिंग

पेट्रोल सेवन गर्दा दोलखाको सुन्द्रावतीका एक बालकको मृत्यु

दोलखा ०८ चैत,,,
दोलखाको कालिञ्चोक गाउँपालिका ९ का एक नावालकको पेट्रोल सेवनबाट मृत्यु भएको छ ।
दोलखाको सिंगटी बजारमा व्यवसाय गर्दै आएका
कालिञ्चोक गाउँपालिका ९ सुन्द्रावतीका मुरारी सेढाईका २१ महिने छोरा सक्षम सेढाईको पेट्रोल सेवनबाट मृत्यु भएको हो ।
बुधबार विहान अन्दाजी १० बजे सेढाईको घरमा राखेकोे पेट्रोल बालकले सेवन गरेका थिए । बाबू मुरारी सेढाईले बाईकमा पेट्रोल हालेर पाइप सहित कोठामा राखिएको र बालकले त्यहीँबाट पेट्रोल सेवन गरेको परिवार स्रोतले जनाएको छ ।

पेट्रोल सेवनबाट बेहोस भएका ति बालकलाई सिंगटी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल, दोलखा अस्पतालमा ल्याइएको थियो । उपचारका क्रममा बालकको मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ । मृतक बालकको शव हाल अस्पतालमै राखिएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

प्रेस युनियनका महासचिब शिवाकोटीद्धारा कांग्रेस केन्द्रिय सदस्यमा उम्मेद्धारी घोषणा, मतदानका लागि सबैमा अपिल

shyam khatiwada

खेल क्षेत्रको विकास गर्नसकेमात्रै समुन्नत देश निर्माण हुन्छ -कांग्रेस नेता भण्डारी

shyam khatiwada

पशुपालनमा दोलखाका दुई युवा शैलेस र सुजनको नमुना सुरुवात

shyam khatiwada
Gaurishankar Post