श्याम खतिवडा
दोलखा २८ माघ
दोलखाको शैलुङ गाउँपालिका ४ मा प्रेमसम्बन्धकै कारण प्रेमिकाका आफन्तले एक युवकको घाँटी रेटेर हत्या गरेका छन् ।
गएको पुस ११ गते विभत्स हत्या भएका दोलखाको शैलुङ गाउँपालिका–४ मागाका १९ वर्षीय भिष्म भण्डारीलाई प्रेम सम्बन्ध राखेकै कारण प्रेमीकाको परिवारले घाँटी रेटेर हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय दोलखाले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त घटना विभत्स हत्या भएको तथ्य र जसमा संलग्न दोषीहरु सार्वजनिक गरेको छ ।
हत्या अभियोगमा पक्राउ परेका शैलुङ गाउँपालिका—५ काटाकुटीका पुस्कर नेपाली, ईश्वर नेपाली र विशाल नेपालीलाई दोलखा प्रहरीले आइतबार सार्वजनिक गरेको हो । उनीहरुले गत पुसमा शैलुङ गाउँपालिकाका वडा नम्बर–४ का १८ वर्षीय युवक भीष्म भण्डारीलाई खुकुरीले घाँटीमा रेटेर हत्या गरेको बयान दिएका छन् । दोलखाका प्रहरी प्रमुख, दीपक खड्काले युवकको हत्यामा उनीहरुको संलग्नता रहेको र सो हत्याकाण्ड प्रेम सम्बन्धको कारण भएको बताए ।
यसरी गरिएको थियो भण्डारीको हत्या
प्रहरीका अनुसार गत पुस ११ गते राति युवक भीष्म १७ वर्षीया प्रेमिकाको काटाकुटीस्थित घरमा गएर बसेका थिए । गाउँको पुजामा गएका किशोरीका बुबा पुष्कर र ठुलोबुबा ईश्वर नेपाली मादकपदार्थ सेवन गरी घर आइपुग्दा भण्डारीलार्ई छोरीसँगै देखेपछि वादविवाद भएको प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ । विवादपछि किशोरीका ठुलोबुबाका छोरा बिशाल नेपाली पनि ति बालिकाका घरमा पुगेका थिए । त्यसपछि तिनजना भएर उसलाई एकान्त तर्फ लगिएको र विशालले घरबाट खुकुरी ल्याइ भीष्मलाई नजिकैको भट्टे भनिने ठाउँमा घाँटी रेटेर हत्या गरेका अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । त्यसपछि नजिकैको धारोमा लगेर शरिर र घाँटी छुट्टिएको भण्डारीको शवबाट रगत बगुन्जेल पानीले बगाएर घटनास्थलमा कुनैपनि प्रमाण नरहने गरी सबै सरसफाई गरिएको आरोपीतहरुले प्रहरीसँगको बयानमा बताएका छन् । त्यसपछि बिशालले मोवाइलको टर्च देखाएर इश्वरले मृततकको शव र पुस्करले टाउको बोकी नजिकैको बोजीनी खोलामा लगेर फालेका थिए ।
भण्डारीको घाँटि रेटेर अलग गरिएको र शरीरका बिभिन्न भागमा गम्भीर चोट लागेको अवस्थामा पौष १६ गते शव फेला परेको थियो । शैलुङ गाउँपालिका–५ काटाकुटीस्थित बिरेन्द्र मावी नजिकै बजिनी खोल्सामा युवकको शव फेला परेको थियो । भण्डारीको शव टाउको छुटिएको, अनुहारमा गम्भीर चोट लागेको, देव्रे हातका तीनवटा औंला नभएको, दायाँ हातको बुढी औंला र चोर औंलाको वीचमा चिरिएको अवस्थामा फेला परेको थियो ।
मृतक शैलुङ गाउँपालिका–४ मागाका १९ वर्षीय भिष्म भण्डारी
