Gaurishankar Post
ब्रेकिंग समाचार

प्रेस युनियनका महासचिब शिवाकोटीद्धारा कांग्रेस केन्द्रिय सदस्यमा उम्मेद्धारी घोषणा, मतदानका लागि सबैमा अपिल

काठमाडौं। नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

शिवाकोटी दोलखा जिल्लाबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भइसकेका छन् । शिवाकोटीले दुई दशक भन्दा बढी समय सक्रिय पत्रकारितामा बिताएका छन् ।
तत्कालिन सभामुख कृष्णबहादुर  कृष्ण बहादुर महरा र पुर्व संचार मंत्री बाँस्कोटाको विषयको समाचार प्रकाशित गरेपछि उनीहरु दुवैको पद गएको थियो। 

आफ्नो उम्मेदवारी घोषणा गर्दै शिवाकोटीले खुला, खसआर्य तथा भूगोल क्षेत्र मध्ये कुनै एक क्षेत्रबाट उम्मेदवारी दिने बताएका हुन् । उम्मेदवारी घोषणा गर्दै शिवाकोटीले पत्रकारिताको सक्रिय जीवनबाट अलग भएर राजनीतिमा होमिए पनि आफू सञ्चार उद्यमीका रुपमा भने सक्रिय रहिरहने बताए ।उनले कांग्रेस जस्तो लामो इतिहाँस बोकेको र लोकतान्त्रिक पाटीमा रहेर जनताको सेवा गर्न युवाहरुको आबश्यक्ता महसुस गरेको जनाउदै आफुले उम्मेद्धारी दिएको जनाएका छन् । शिवाकोटीले सबै जिल्लाबाट निर्बाचित भएका महाधिबेशन प्रतिनिधिहरुलाई बधाई ज्ञापन गर्दै आफुलाई केन्द्रिय सदस्यमा सघाउन अपिल समेत गरेका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

संस्कृतिविद् डा. जगमान गुरुङ नेपाल ऋषी उपाधिबाट सम्मानित

shyam khatiwada

दोलखाबाट जन्ती लिएर गएको बस सिन्धुपाल्चोकमा दुर्घटना , ३ को मृत्यु ५२ जना घाइते

shyam khatiwada

कांग्रेस नेता जिपछिरिङ लामाद्धारा दोलखाका दुई स्वास्थ्यचौकीलाई एम्बुलेन्स सहयोग

shyam khatiwada
Gaurishankar Post