Gaurishankar Post
देश राजनीति

फराकिलो अन्तरले चुनाव जितिने भन्दैं, भ्रमको पछि नलाग्न वडाअध्यक्ष उम्मेद्वार खुलालद्धारा मतदातालाई आग्रह


संयुक्त गठबन्धनका तर्फबाट कालिञ्चोक गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष उम्मेद्वार दिपक खुलालले भ्रमको पछि नलाग्न मतदाताहरुलाई आग्रह गरेका छन् ।
उनले जति आरोप र प्रत्यारोप लगाएपनि आफु र आफ्नो टिम फराकिलो मतान्तरले निर्वाचन जित्ने बताउदै विपक्षी दलहरु अताल्लीयर त्यस्ता हर्कत गर्न लागि परेको बताएका छन् । निर्वाचनको समयमा भ्रस्टाचार गरेको पैसाले मतदातालाई भ्रमित पार्न नखोज्न उनले विपक्षी दलका कार्यकर्ताहरुलाई चुनौती पनि दिएका छन् । उनले भने हामी फराकिलो अन्तरले चुनाव जित्दै छौं त्यही पिडाले विपक्षीले अनेकन हतकण्डा अपनाएको जनाएका छन् । लामिडाँडामा निकै लोकप्रीय नेताको रुपमा सिंगो गाउँबासीमाझ बेग्लै छबि बनाएका खुलाल वडा नम्बर ४ का अधिकांस नागरिकहरुको रोजाइमा परिसकेको विपक्षी दलका नेताहरुलेनै सार्वजनिक फोरममा भन्ने गरेको स्रोतले जनाएको छ । सिंगो गाउँबासी र समग्र जिल्लाकै इतिहाँसमा स्वास्थ्य क्षेत्रमा अतुलनिय सहयोग देखि ग्रामिण तहको विकासका लागि यसअघि देखिनै समाजसेवा गर्दै आएका खुलालले वडाको नेतृत्व लिँदा विकासको मुल फुटाउने गाउँबासीको विस्वास छ । उनलाई कांग्रेस सहित ३ वट राजनितीक दलको साथ छ ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखामा गठबन्धनले भारी अन्तरले निर्वाचन जित्दैछौं – कांग्रेस नेता तारा खड्का

shyam khatiwada

भिम बहादुर स्मृति भवन आलम्पुको सांसद लामाद्धारा उद्घाटन

shyam khatiwada

सरोकार समाजद्धारा कालिञ्चोक गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री सहयोग

shyam khatiwada
Gaurishankar Post