Gaurishankar Post
ब्रेकिंग

बाबरेका क्यान्सर पिडित बालकलाई कालिञ्चोक सरोकार समाजको आर्थिक सहयोग


दोलखा १७ जेठ
लामो समयदेखि ब्लड क्यान्सरका कारण अस्पतालमा छटपटाइरहेका दोलखाको कालिञ्चोक गाउँपालिका २ बाबरे निबासी पदम थामीका छोरा अर्बिन थामीको उपचारका लागि कालिञ्चोक सरोकार समाजले नगद सहयोग गरेको छ ।
सोमबार सरोकार समाजका पदाधिकारीहरु सहितको टोली अर्बिनको उपचार भैरहेको कान्ति अस्पतालमा पुगेर नगद १० हजार सहयोग गरेका हुन् । कालिञ्चोक सरोकार समाजले अभियान चलाएको विपत व्यवस्थापन तथा उद्दार कोषबाट बाललको उपचारका लागि सहयोग गरिएको सरोकार समाजका विपत व्यवस्थापन संयोजक टेकराज शिवाकोटीले जानकारी दिए । उनका अनुसार सरोकार समाजका तर्फबाट अस्पताल व्यवस्थापन टिम सँग पनि बालक थामीको उपचारका लागि सहज गरिदिन आग्रह समेत गरिएको छ । अर्बिन थामी साबिक बाबरे गाविसका पुर्व उपाध्यक्ष चित्र बहादुर थामीका नाति हुन् । लामो समय देखि क्यान्सरले थलिएका अर्बिनको उपचारमा मोटो रकम खर्च भएपछि परिवारले समेत सहयोगको अपिल गरेको छ । कालिञ्चोक सरोकार समाजले अर्बिन बचाउन आबश्यक पहल गर्ने समेत जनाएको छ । क्यान्सर पिडित बालकलाई सहयोग हस्तान्तरण गर्न सरोकार समाज विपत व्यवस्थापन संयोजक टेकराज शिवाकोटी , संस्थाका सचिब हरि खतिवडा , समाजका पदाधिकारीहरु दिपक खुलाल , बिमल थापा लगाएत सहभागी थिए । समाजले कोभिड र अन्य गम्भिर प्रकृतिका रोगिहरुलाई सहयोग गर्ने अभियान चलाएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

खेल क्षेत्रको विकास गर्नसकेमात्रै समुन्नत देश निर्माण हुन्छ -कांग्रेस नेता भण्डारी

shyam khatiwada

पत्रकार महासंघ बागमती प्रदेश समितिले सुरु गर्यो पत्रकारका लागि कोभिड व्यवस्थापन कोष

shyam khatiwada

पहिरो प्रभावित क्षेत्र झमार्सी पुगे मन्त्री काफ्ले ,अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्न निर्देशन

shyam khatiwada
Gaurishankar Post