Gaurishankar Post
समाचार

बाबरेका पहिरो पिडितलाई कांग्रेसको जस्ता पाता सहयोग


दोलखा २४ असोज

पहिरोले घरबार बिहिन भएका दोलखाको कालिञ्चोक गाउँपालिका २ बाबरेका पहिरो पिडितलाई नेपाली कांग्रेसले जस्ता पाता सहयोग गरेको छ ।
साउन र भदौमा आएका पहिरोका कारण बाबरेका एक दर्जन धेरै घरपरिवार विस्थापीत भएपछि उनिहरुलाई अस्थायी संरचना निर्माणका लागि कांग्रेसले जस्ता पाता सहयोग गरेको हो । पहिरोका कारण बाबरेको कुसावति , डम्फा , क्याङेण्डी लगाएत ठाउँका १४ घरपरिवार विस्थापीत भई विद्यालय तथा सार्वजनिक ठाउँमा बस्दै आएका थिए । उनिहरुलाई शनिबार नेपाली कांग्रेसका नेताहरुले अस्थायी संरचना निर्माणका लागि जनही एक एक बण्डल जस्ता पाता सहयोग गरिएको दोलखा कांग्रेसका युवा नेता सन्तोष पाण्डेले जानकारी दिए । जस्ता वितरण गर्न गृह गाउँ पुगेका नेता पाण्डेले पहिरो पिडितलाई सरकारले बेवास्ता गरेको भन्दै कांग्रेसले थोरै भएपनि सहयोग गरेको बताएका छन् । उनका अनुसार दोलखा स्थायी घर भई हाल राजधानी काठमाडौंमा बसोबास गर्ने उज्जवल शिवाकोटी , बिमल आचार्य लगाएतले सहयोग उपलब्ध गराएका थिए । शनिबार जस्तापाता वितरणका लागि आयोजित एक कार्यक्रममा कांग्रेसका स्थानीय नेताहरुले पहिरो पिडितलाई स्थानीय सरकारले समेत असहयोग गरेको भन्दै आलोचना समेत गरेका थिए ।
पहिरो गएको २ महिना बित्न लाग्दा पनि आफुहरुले कहिँ कतै बाट सहयोग नपाएको पहिरो पिडितहरुको गुनासो छ । जस्ता पाता पाएपछि पहिरोपिडितहरु कटेरोमै भएपनि दसैं मनाउने तयारीमा छन् । पहिरो पिडित सानोकान्छा थामीले जस्तापाता पाएकोमा खुसी व्यक्त गर्दै तत्काल कटेरो निर्माणमा जुट्ने बताए । साउन र भदौमा आएका पहिरोले बाबरेमात्र नभै कालिञ्चोक गाउँपालिकाका विभिन्न ठाउँमा क्षती गरेको थियो । पहिरोको कारण लापिलाङमा सबै भन्दा धेरै क्षती भएको थियो भने संयौं घरहरु जोखिममा परेका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखा कांग्रेसका सचिब रिमाललाई कोरोना संक्रमण पुष्टी

shyam khatiwada

‘अजयबाबुले पर्दाफास गरेका दुई ठुला घटनाले नै देशमा कम्युनिष्ट पार्टीको पतन शुरु भयो’

sanjeet

दोलखामा थप १० दिन निशेधाज्ञा

shyam khatiwada
Gaurishankar Post