दोलखा २४ असोज
पहिरोले घरबार बिहिन भएका दोलखाको कालिञ्चोक गाउँपालिका २ बाबरेका पहिरो पिडितलाई नेपाली कांग्रेसले जस्ता पाता सहयोग गरेको छ ।
साउन र भदौमा आएका पहिरोका कारण बाबरेका एक दर्जन धेरै घरपरिवार विस्थापीत भएपछि उनिहरुलाई अस्थायी संरचना निर्माणका लागि कांग्रेसले जस्ता पाता सहयोग गरेको हो । पहिरोका कारण बाबरेको कुसावति , डम्फा , क्याङेण्डी लगाएत ठाउँका १४ घरपरिवार विस्थापीत भई विद्यालय तथा सार्वजनिक ठाउँमा बस्दै आएका थिए । उनिहरुलाई शनिबार नेपाली कांग्रेसका नेताहरुले अस्थायी संरचना निर्माणका लागि जनही एक एक बण्डल जस्ता पाता सहयोग गरिएको दोलखा कांग्रेसका युवा नेता सन्तोष पाण्डेले जानकारी दिए । जस्ता वितरण गर्न गृह गाउँ पुगेका नेता पाण्डेले पहिरो पिडितलाई सरकारले बेवास्ता गरेको भन्दै कांग्रेसले थोरै भएपनि सहयोग गरेको बताएका छन् । उनका अनुसार दोलखा स्थायी घर भई हाल राजधानी काठमाडौंमा बसोबास गर्ने उज्जवल शिवाकोटी , बिमल आचार्य लगाएतले सहयोग उपलब्ध गराएका थिए । शनिबार जस्तापाता वितरणका लागि आयोजित एक कार्यक्रममा कांग्रेसका स्थानीय नेताहरुले पहिरो पिडितलाई स्थानीय सरकारले समेत असहयोग गरेको भन्दै आलोचना समेत गरेका थिए ।
पहिरो गएको २ महिना बित्न लाग्दा पनि आफुहरुले कहिँ कतै बाट सहयोग नपाएको पहिरो पिडितहरुको गुनासो छ । जस्ता पाता पाएपछि पहिरोपिडितहरु कटेरोमै भएपनि दसैं मनाउने तयारीमा छन् । पहिरो पिडित सानोकान्छा थामीले जस्तापाता पाएकोमा खुसी व्यक्त गर्दै तत्काल कटेरो निर्माणमा जुट्ने बताए । साउन र भदौमा आएका पहिरोले बाबरेमात्र नभै कालिञ्चोक गाउँपालिकाका विभिन्न ठाउँमा क्षती गरेको थियो । पहिरोको कारण लापिलाङमा सबै भन्दा धेरै क्षती भएको थियो भने संयौं घरहरु जोखिममा परेका छन् ।
next post