Gaurishankar Post
नेपाल समाचार

बाबरेमा ५ कोठे विद्यालय भवन सांसद पशुपति चौलागाइद्धारा हस्तान्तरण


श्याम खतिवडा
दोलखा ६ पुस

दोलखाको कालिञ्चोक गाउँपालिकास्थित बाबरेमा सिविन नेपालले निर्माण गरेको ५ कोठे विद्यालय भवन प्रदेस सांसद पशुपति चौलागाइले एक समारोहका बिच हस्तान्तरण गरेका छन् ।
भुकम्प पछि नर्वेजियन राजदुताबासको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको बाबरेस्थित महादेबश्वरी आधारभुत विद्यालयको २ वटा भवन र एक सौचालय हस्तान्तरण गरिएको हो । ३ कोठे व्यवस्थीत सौचालय सहित ५ कोठाको विद्यालय भवन आइतबार बागमती प्रदेशका सांसद पशुपति चौलागाइले एक भब्य समारोहका बिच हस्तान्तरण गरे । विद्यालय भवन हस्तान्तरण गर्दै सांसद चौलागाइले शैक्षिक क्षेत्रको विकास गर्न सकेमात्रै समृद्ध समाजको परिकल्पना गर्नसकिने भन्दै शिक्षा क्षेत्र लाई बलियो र गुणस्तरीय बनाएर लैजान बागमति प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । नवनिर्मित भवनको रिबन काटेर उद्घाटन गरेका सांसद चौलागाइले गुणस्तरिय शिक्षा प्रवाहा गर्न विद्यालय परिवारलाई आग्रह समेत गरेका छन् ।
भवन हस्तान्तरण कार्यक्रममा कालिञ्चोक गाउँपालिकाका अध्यक्ष बिनकुमार थामीले गाउँपालिका भित्रका झण्डै ९५ प्रतिशत भौतिक संरचनाहरुको पुनर्निर्माण सम्पन्न भैसकेको बताए । अध्यक्ष थामीले शैक्षिक संस्थाहरुसँगै अन्य सबै संरचनाहरुको पुनर्निर्माण अन्तिम चरणमा पुगेको बताएका छन् । उनले टुकि सिविन लाई बिशेष धन्यवाद दिदै गाउँपालिकाको थप विकासका लागि सहकार्य गरेर अघि बढ्न आग्रह गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेस दोलखाका नेता केशबराज चौलागाइले गैरसरकारी संस्थाहरु गैरजिम्वेबार भैरहेको परिस्थितीमा सिविन नेपालले नमुना काम गरेको उद्घोष गरे । नेता चौलागाइले पछिल्लो समय सरकार भ्रस्टीकरण तर्फ अघि बढेको भन्दै सरकारको चौतर्फी आलोचना गरे । बेथीती र भ्रस्टाचारले आम नागरिक वाक्क भएको भन्दै चौलागाइले त्यसको एकमात्र बिकल्प आफ्नो पार्टी कांग्रेस रहेको भन्दै मुलुक चलाउने क्षमता कांग्रेस सँग मात्रै भएको दाबी गरे । भवन हस्तान्तरण कार्यक्रममा विद्यालयको समग्र विकासमा अतुलनिय सहयोग गरेको भन्दै महादेबश्वरीका पुर्व विद्यार्थी समेत रहेका नेपाली कांग्रेसका प्रभाबसाली युवा नेता सन्तोष पाण्डेलाई सम्मान समेत गरिएको छ । त्यसबाहेक भवन निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई पनि प्रशंसा पत्र तथा मायाँको चिनो वितरण गरिएको छ ।
विव्यस अध्यक्ष मधुकार बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा कालिञ्चोक गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठक नेकपाका बागमति प्रदेश सदस्य कुल बहादुर बुढाथोकी , बाबरेका वडाअध्यक्ष नानी पाण्डे , समाजकल्याण परिषदका सदस्य सचिब पुस्कर खाती, सिविन नेपालका अध्यक्ष माधब प्रधान , कांग्रेस नेता सन्तोष पाण्डे बाल संगठनका सदस्य शुन्दर लामिछाने विद्यालयका प्रधानध्यापक केदार प्रसाद खतिवडा लगाएतले मन्तब्य व्यक्त गरेका थिए ।
झण्डै डेढ वर्ष अघि बाट निर्माण सुरु गरिएको विद्यालय भवन कोभीड १९ का कारण केही समय धकेलिएको थियो । तैपनि समयमै निर्माण सम्पन्न गर्न सफल भएको इन्जिनियर एवं परियोजना व्यवस्थापक सुजन सुबेदीले जानकारी दिए । उनका अनुसार २ वटा भवन र एक सौचालय निर्माण गर्दा हालसम्म ६८ लाख रुपैंया खर्च भैसकेको छ भने थप १६ लाख बजेटमा बाहिरी घेराबार , फर्निचर , टेवा पर्खालको काम भैरहेको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

कोभिडका कारण कालिञ्चोक गाउँपालिकामा पहिलो पटक ज्यान गुमाउनेको परिवारलाई नगद सहयोग

shyam khatiwada

दोलखाका स्थानीय तहको बजेट ४ अर्ब ४५ करोड

shyam khatiwada

दोलखामा सुरक्षागार्डको हत्या गरि सहकारी लुट्ने २ आरोपीत काठमाडौंमा पक्राउ

shyam khatiwada
Gaurishankar Post