Gaurishankar Post
ब्रेकिंग

बेगुम्पा र क्याङ पोलमा थुनिएका ३ वटा बोलेरो जीपको सोरुङ हुदै उद्धार


दोलखा १९ साउन


३ दिन अघिको अबिरल बर्षाका कारण सुनखानी साङ्बा सडक अबरुद्ध भएपछि बेगुम्पा र क्याङ्पोल गाउँमा थुनिएका ३ वटा बोलेरो जिप बैकल्पीक मार्गबाट उद्धार गरिएको छ ।
कालिञ्चोक गाउँपालिकाले स्काभेटर मेसिनको प्रयोग गरि खोपाचागु र कालिञ्चोकको सिमानामा रहेको सोरुङ खोला भनिने माहुरेबाट अलपत्र परेका बोलेरो जिपको उद्धार गरेको हो । मेसिनले खोला फराकिलो बनाएर खोपाचागुको तुनमुन हुदै सिंगटी पुग्ने गरि बोलेरो गाडीहरु पठाइएको कालिञ्चोक १ का वडा अध्यक्ष पदम थामीले जानकारी दिए । २ दिन अघिको अबिरल वर्षातका कारण सुनखानी साङ्बा सडकखण्डको क्याङ्पोल र मुङ्चाको बिचमा पर्ने हेलेक्पाथली भनिने स्थानमा झण्डै एक सय मिटर सडक भासिएको थियो । पहिरोले सडक अवरुद्ध हुँदा कालिञ्चोक १ का दर्जनौं बस्तीहरु सडक सञ्जालको सम्पर्कबाट टुटेका छन् । कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुल बहादुर बुढाथोकीले तत्काल सडक सञ्चालन गर्न नसकिने बताउदै वैकल्पीक उपायबारे छलफल भैरहेको जानकारी दिए ।

याे पढ्न छुटाउनु भयाे की ?

छिचोलियो नुप्चे—लिखू जलविद्युतको आयोजनाको सुरुङ, आगामी साउनमा विद्युत उत्पादन हुने

shyam khatiwada

दोलखाको च्छो–रोल्पा अस्पतालमा“ट्रमा युनिट” सञ्चालन

shyam khatiwada

दोलखामा कांग्रेसबाट प्रतिनिधि सभामा बागी उम्मेदवार बनेका कार्कीको उम्मेदवारी फिर्ता

shyam khatiwada
Gaurishankar Post