Gaurishankar Post
ब्रेकिंग

बेगुम्पा र क्याङ पोलमा थुनिएका ३ वटा बोलेरो जीपको सोरुङ हुदै उद्धार


दोलखा १९ साउन


३ दिन अघिको अबिरल बर्षाका कारण सुनखानी साङ्बा सडक अबरुद्ध भएपछि बेगुम्पा र क्याङ्पोल गाउँमा थुनिएका ३ वटा बोलेरो जिप बैकल्पीक मार्गबाट उद्धार गरिएको छ ।
कालिञ्चोक गाउँपालिकाले स्काभेटर मेसिनको प्रयोग गरि खोपाचागु र कालिञ्चोकको सिमानामा रहेको सोरुङ खोला भनिने माहुरेबाट अलपत्र परेका बोलेरो जिपको उद्धार गरेको हो । मेसिनले खोला फराकिलो बनाएर खोपाचागुको तुनमुन हुदै सिंगटी पुग्ने गरि बोलेरो गाडीहरु पठाइएको कालिञ्चोक १ का वडा अध्यक्ष पदम थामीले जानकारी दिए । २ दिन अघिको अबिरल वर्षातका कारण सुनखानी साङ्बा सडकखण्डको क्याङ्पोल र मुङ्चाको बिचमा पर्ने हेलेक्पाथली भनिने स्थानमा झण्डै एक सय मिटर सडक भासिएको थियो । पहिरोले सडक अवरुद्ध हुँदा कालिञ्चोक १ का दर्जनौं बस्तीहरु सडक सञ्जालको सम्पर्कबाट टुटेका छन् । कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुल बहादुर बुढाथोकीले तत्काल सडक सञ्चालन गर्न नसकिने बताउदै वैकल्पीक उपायबारे छलफल भैरहेको जानकारी दिए ।

याे पढ्न छुटाउनु भयाे की ?

तामाकोसीको हकप्रद दोलखालीलाई डिम्याटको दायरा बढाउदै बिना झन्जट लगानी गराइने

shyam khatiwada

पुर्वसञ्चारमन्त्रीको गाउँ सुरी पुगेर काफ्लेले सोधे मोवाइलमा डाटा चल्दैन त पार्वत दाई ?

shyam khatiwada

निर्माण क्षेत्रका हस्ती बालकृष्ण थापा , दोलखाबाट कांग्रेस महाधिबेशनमा भिड्दै

shyam khatiwada
Gaurishankar Post