Gaurishankar Post
ब्रेकिंग

बैदेशिक रोजगारीमा जाँदा हात गुमाएका थामीलाई पिसानी मिल सहयोग


दोलखा पौष, २
बैदेशिक रोजगारीका सिलसिलामा मलेसियाको एक कम्पनीमा दुर्घटना हुँदा हात गुमाएर घर फर्केका दोलखाको कालिञ्चोक गाउँपालिका १ का दुर्गा थामीलाई जिविकोपार्जनका लागि पिसानी मिल सहयोग गरिएको छ ।
दुर्घटनामा हात गुमेपश्चात जिविकोपार्जनका लागि समेत धौ धौ परेका २३ वर्षिया युवा थामीलाई कालिञ्चोकमा सकृय सामाजिक संस्था नामसालिङ सामुदायिक विकास केन्द्रले विद्युतिय पिसानी मिल सहयोग गरेको हो । थामिले उक्त मिल आफ्नो समुदायमा अन्न पिस्ने प्रयोजनका लागि प्रयोग गरी जसबाट प्राप्त ज्याला बाट आयआर्जन गर्न सक्ने भएकाले उपलब्ध गराइएको संस्थाका जिल्ला संयोजक राजन केसीले जानकारी दिए । विद्युतिय करेन्टबाट चल्ने उक्त मिल गाउँघरमै चल्ने भएपछि स्थानीय बासिन्दालाई समेत सहज भएको कालिञ्चोक १ का वडाअध्यक्ष पदम थामीले बताएका छन् । उनका अनुसार वडाका सबै समुदायमा मिलको पहुँच नभएकाले उक्त मिल सञ्चालन हुँदा सहज हुने छ ।
परिवारको आर्थिक अवस्था समेत अत्यन्त न्युन भएका दुर्गा गरिबिकै कारण परिवार पाल्न स्रोत जुटाउने सपना बोकेर बैदेशिक रोजगारीमा गएका थिए । उनको सपना पुरा हुनु त कता हो कता उल्टै गरिखाने हात समेत गुमाएर फर्किएपछि जिविकोपार्जनकै लागि पनि उनलाई सहयोग गरिएको नामसालिङ सामुदायिक विकास केन्द्रका परियोजना संयोजक विनोद निरौलाले जानकारी दिए । उनका अनुसार संस्थाको व्यवसाय प्रबद्र्धन सहयोग कार्यक्रम अन्तर्गत गरिब, असहाय तथा अपांगहरुलाई जिविकोपार्जनमा दिर्घकालिन सहयोग गरिदै आएको छ ।
मिल सहयोग पाएपछि दुर्गाले अहिले आफ्नो समुदायमा सञ्चालन गरिसकेका छन् । अन्न पिसेवापत त्यसबाट प्राप्त ज्यालाले घरपरिवार पाल्न सहयोग पुग्ने भन्दै दुर्गाले खुसी व्यक्त गरेका छन् । उनले सहयोगी संस्थालाइ धन्यवाद दिएका छन् ।
नामसालिङले विगत ९ वर्षदेखि दोलखाको कालिञ्चोक गाउँपालिका स्थित ३ वटा वडाहरु १, ५ र ६ मा स्थानीय बासिन्दाको जिवनस्तर उकास्ने खालका दर्जनौं परियोजनाहरु सञ्चालन गर्दै आइरहेको छ । एकिकृत सामुदायिक विकास , व्यवसाय प्रबद्र्धन, जलवायु अनुकुल खेति प्रणाली , पशुपालन , सहकारी मार्फत आय आर्जन बृद्धि जस्ता परियोजनाहरु नमुनाका रुपमा रहेको स्थानीयहरु बताउछन् ।

याे पढ्न छुटाउनु भयाे की ?

महावाणिज्य दुत कार्कीलाई युरोपियन विश्वविद्यालयको मानार्थ विद्यावारिधी

shyam khatiwada

दुईपटक पसिना आएपछि भीमेश्वरमा राष्ट्रप्रमुखको तर्फबाट क्षमा पुजा

shyam khatiwada

कांग्रेस वा गठबन्धनबाट संघिय सांसदको अब्बल उम्मेदवार शिवाकोटी

shyam khatiwada
Gaurishankar Post