Gaurishankar Post
नेपाल समाचार राजनीति

भिम बहादुर स्मृति भवन आलम्पुको सांसद लामाद्धारा उद्घाटन


दोलखा ५ फागुन
नेपाली कांग्रेसका नेता एवं शिखर पुरुष स्व. भिम बहादुर तमाङको स्मृतिमा दोलखाको आलम्पुमा निर्माण गरिएको भवनको उद्घाटन गरिएको छ ।
बुधबार नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाका सदस्य जिपछिरिङ लामाले आलम्पु पुगेर उक्त भवनको एक भब्य समारोहका बिच उद्घाटन गरेका हुन् । नेपाली कांग्रेस आलम्पु गाउँसमितिको अगुवाइमा निर्माण सम्पन्न भएको सो भवनको उद्घाटन गर्दै सांसद लामाले अब मुलुकको निकास दिने एक मात्रै राजनीतिक शक्ति कांग्रेस मात्रै भएको जिकिर गर्दै आम दोलखाली जनतालाई कांग्रेसमा गोलबद्ध हुन आग्रह गरेका छन् । नेपाली कांग्रेस दोलखाका नेता तथा कार्यकर्ताहरुको आर्थिक सहयोगमा जग्गा खरिद गरि आलम्पुस्थित टोपराडाँडामा स्व. नेता भिम बहादुर तामाङको स्मृति भवन निर्माण सम्पन्न भएको गाउँ सभापति हस्त बहादुर थामीले जानकारी दिए । उनका अनुसार उक्त भवनमा नेपाली कांग्रेस वडा समिति आलम्पुको कार्यालय रहने छ । भवन उद्घाटनका लागि आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी परित्याग गरि १ सय भन्दा धेरै कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस प्रवेश गर्नेहरुमा पुर्व गाविस अध्यक्ष तुला थामी देखि तत्कालिन नेकपा माओबादीका प्रभावशाली नेता पुर्ण थामी लगाएत संयौको संख्यामा रहेको दोलखा कांग्रेसले जनाएको छ । भवन उद्घाटन कार्यक्रममा कांग्रेस नेता एवं सांसद जिपछिरिङ लामा , जिल्ला सभापति रुद्र खड्का , पुर्व सभापतिहरु तारा कोइराला , देबि न्यौपाने , उद्धब काफ्ले लगाएत दर्जनौं जिल्ला नेताहरु सहभागी थिए । सोही कार्यक्रमका अवसरमा तरुण दल दोलखाका अध्यक्ष दावासांगे शेर्पा र तरुण दलका जिल्ला नेता कर्मा शेर्पाले आलम्पुका २ सय ४० जना जेष्ठ नागरिकहरुलाई न्याने कपडा ज्याकेट वितरण गरेका थिए । उनिहरुले आफ्नै खर्चमा समाजका जेष्ठ नागरिकलाई चिसो छल्ने न्यानो कपडा वितरण गरेका हुन् ।

थप तस्बिर हेर्नुहोस

याे पढ्न छुटाउनु भयाे की ?

कांग्रेसको शुवेच्छुक संस्था समन्वय बिभागको विज्ञ सदस्यमा दोलखाका नेता शिवाकोटी नियुक्त

shyam khatiwada

दोलखाका मुख्य दलले टुंग्याए उम्मेद्वार,यी हुन सिफारिसमा परेका नेता

shyam khatiwada

नेविसंघ दोलखाद्वारा केपी ओली र नरेन्द्र मोदीको पुत्ला दहन

shyam khatiwada
Gaurishankar Post