दोलखा ९ बैशाख,,,
एमाले जिल्ला अध्यक्ष नर बहादुर श्रेष्ठले एकलौटी र जर्बजस्ती उम्मेदवारको टिक घोषणा गरेको भन्दै दोलखा एमालेमा भीमेश्वर नगरको टिकट वितरण बदर गर्न माग गर्दै ८ जना नेताले प्रदेश समितिमा उजुरी गरेका छन् ।
आफुहरुको सहमति बेगर बैठकमा छलफलनै नगरि उम्मेदवारहरुको टिकट घोषणा गरेको भन्दै भीमेश्वर नगरका ८ जना नेताहरुले पाटीको प्रदेश समितिमा उजुरी गरेका हुन् । जिल्ला कमिटी बैठक मार्फत निर्णय गराएर उम्मेद्धारको टुंगो लगाएको भनिएपनि बैठकमा निर्णय नगरेको र छलफल नगरी जबरजस्ती नाम घोषणा गरेको भन्दै जिल्लाको निर्णय बदर गर्न प्रदेश समितिमा उजुरी गर्न बाद्य भएको एमालेका नेता एवं भीमेश्वर नगरको मेयरमा आकांक्षी हरिबंस चौलागाइले बताए । उनिहरुले दोलखा एमालेले गरेको निर्णय बदर गरेर माथिल्लो कमिटीमार्फत निर्णय गर्न माग गर्दै प्रदेश कमिटीमा लिखित उजुरी दर्ता गराएका छन् । उजुरी दिनेहरुमा मेयरका आकांक्षीहरु एमाले जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धर, हरिबंश चौलागाइ प्रविण प्रधान र उपमेयरका आकंक्षीहरु डा. जानुका न्यौपाने, मेनुका सुबेदी , सिता केसी, रुपा शाही र पुर्णीमा खरेल छन् ।
उनीहरूले भीमेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखको टिकट बाँडफाँडमा असहमति राखेका छन् । उनीहरूले आफ्नो दावी यथावत रहेकाले प्रदेश कमिटीबाट भीमेश्वर नगरको टिकट टुंगो लगाउन आग्रह गरेका छन । भीमेश्वर नगरपालिकामा वाहलवाला मेयर भरत केसी र उपमेयर कमला बस्नेतलाई नै दोहो¥याउने निर्णय दोलखा एमालेले गरेको थियो । बुधबार सम्पन्न जिल्ला कमिटि बैठकमा अध्यक्ष नरबहादुर श्रेष्ठले उम्मेदवारहरूहरूको नाम प्रस्ताव गरेर छलफल नगरी हलबाट बाहिर निस्किएको एक जिल्ला नेताले बताएका छन् ।
विधिसंवत उम्म्दवार छनोट गरेका हौं अध्यक्ष श्रेष्ठ
नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले पटक पटक छलफल अन्तरक्रिया र बैठक गरेर सहमति अनुसारनै उम्मेद्धारी छनोट गरेको दाबी गरेका छन् । उनले शिर्ष नेतृत्व देखि सबै जिम्मेवार नेता कार्यकर्ताहरुको भावना अनुसारनै उम्मेदवार टुंगो लागेको बताए । आकाँक्षी राखेर समूहगत छलफल देखि सबै प्रकृया पुरा गरेर नै निर्णय गरिएको उनको जिकिर छ ।