Gaurishankar Post
ब्रेकिंग राजनीति

भीमेश्वरमा जनतालाई दुख दिने गरि ठुला सभा नगर्ने गठबन्धनको तयारी , २७ सय स्वयंसेबक घर घर खटीए

जिल्लाकाे सबैभन्दा ठुलाे र धेरै मतदाता भएकाे भीमेश्वर नगरपालिकामा कांग्रेस नेतृत्वकाे गठबन्धनले नगरस्तरिय चुनावी सभा नगर्ने भएकाे छ ।

वडा तथा टाेल भेला तथा सभाहरु सकेकाे गठबन्धनले नगर स्तरीय चुनावी सभा नगर्ने कांग्रेसका नगर सभापति शंकर कार्कीले बताए । नगर सभा र शक्ति प्रदर्शनकाे साटाे टाेल तथा घैरदैलाे केन्द्रित भेला र मतदाता शिक्षालाई अन्तिम समय सम्म जारी राखिने कार्कीले सुनाए ।

उनका अनुसार हरेक वडामा तीन सय जनाका दरले माैन अवधि शुरु हुनु अघि सम्म २७ सय स्वयंसेवकले घरदैलाेमा पुगेर मतदाता शिक्षा दिलाउनेछन् । ‘२०७४ काे स्थानीय निर्वाचनमा याे नगरमा २३ सय मत बदर भयाे, त्याे मध्ये रुख चिन्हमा समेत लागेकाे मात्र १७ सय थियाे’ उनले भने – ‘यस पटक त्यसरी मत बदर हुन नदिने गरि मतदाता शिक्षामा जाेड दिनेछौं, हाम्रा २७ सय स्वयंसेवकले मतदाता शिक्षा दिनेछन्’ । कार्कीले स्वयंसेवक गत साता देखि नै टाेलमा रहेकाे सुनाए ।
यता एमालेले भने २६ गते चरिकोटकाे सातदोबाटो चाेकमा नगर स्तरीय सभा गर्दैछ । भीमेश्वर नगरपालिकामा गठबन्धनबाट कांग्रेसका ईश्वर मानन्धरले मेयर एकीकृत समाजवादीका संगीता पाख्रिनले उपमेयरमा उम्मेदवारी दिएका छन् । उनिहरुलाई कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीकाे साथ छ ।

एमालेबाट हरिवंश चाैलागाई मेयर र कमला बस्नेत उपमेयरमा मैदानमा छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

व्यवसायीक कृषीतर्फ आकर्शित हुँदै कालिञ्चोकका किसान

shyam khatiwada

दोलखा प्रहरीलाई विपत प्रतिकार्यका लागि अत्याबश्यक सामाग्री सहयोग

shyam khatiwada

सुनखानी साङ्बा सडकको बाबरे लामिडाँडा खण्डबाट कालोपत्रेको काम सुरु

shyam khatiwada
Gaurishankar Post