Gaurishankar Post
ब्रेकिंग वाग्मती

भीमेश्वर ७ मा मोटरसाइकल दुर्घटना , एकको मृत्यु


दोलखा १४ कार्तिक।

दोलखाको भीमेश्वर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।

दुर्घटनामा परी गौरीशंकर गाउँपालिका–५ का अन्दाजी ४० वर्षिय रामकुमार खड्काको मृत्यु भएको हो । काठमाडौंबाट चरिकोटतर्फ आउँदै गरेको प्रदेश २–४४ प ६८८३ नम्बरको मोटरसाइकल आज करिव १२ बजे भीमेश्वर नगरपालिका ७ मा दुर्घटना भएको थियो । दुर्घटनामा परी गम्भिर घाईते भएका खड्काको सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक डिएसपी दिपक खड्काले जानकारी दिनुभयो ।

खड्का आफैंले चलाएको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । मृतक खड्का मुलाबारीमा छिमेकीले लगाएको सप्ताह सुन्नका लागि काठमाडौंबाट आउने क्रममा दुर्घटनामा परेका हुन् । नेपाली सेनामा कार्यरत उनी पेन्सन भइसकेपछि परिवार सहित काठमाडौमै बसोबास गर्दै आएका थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

झन्डै ५ बर्ष कर्येकाल मा न्याय हेल्थ नेपाल दोलखा को सफलता

sanjeet

पुर्वसञ्चारमन्त्रीको गाउँ सुरी पुगेर काफ्लेले सोधे मोवाइलमा डाटा चल्दैन त पार्वत दाई ?

shyam khatiwada

दोलखामा श्रीमतिले खुकुरी प्रहार गर्दा श्रीमान गम्भीर घाइते

shyam khatiwada
Gaurishankar Post