Gaurishankar Post
ब्रेकिंग वाग्मती स्थानीय समाचार

भीरबाट खसेको ढुंगाले घर थिच्दा दोलखाको सिंगटीमा एक महिलाको मृत्यु

दोलखा १३ साउन
दोलखाको उत्तरी ब्यापारिक केन्द्र सिंगटी बजारमा भीरबाट खसेको ढुंगाले घर थिच्दा घरमा बसिरहेकी एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको विगु गाउँपालिका ४ स्थित सिंगटी बजारमा घरमा बसिरहेकी ३५ वर्षिया रेणु थामीको भीरबाट आएको ढुंगाले घर थिच्दा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय सिंगटीका अनुसार मंगलबार बिहान १० बजेतिर बजार क्षेत्र भन्दा झण्डै ५ सय मिटर माथिको भीरबाट आएको ठुलो ढुंगाले सिंगटी बजारको खोलीखेममा रहेको जस्ताले छाएको घर थिचेको थियो । घर थिच्दा भित्र रहेकी थामीलाई सोही घरको पर्खालले थिचेर गम्भीर घाइते भएपछि स्थानीय स्वास्थ्य संस्थाले थप उपचारका लागि राजधानीको न्युरो अस्पताल रिफर गरिएको थियो । ईलाका प्रहरी कार्यालय सिंगटीका प्रमुख प्रहरी निरिक्षक सुन्जीत तामाङका अनुसार गम्भीर घाइते थामीको अस्पताल लैजादै गर्दा बाटोमानै मृत्यु भएको थियो । उनको शब चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । मृत महिला कालिञ्चोक गाउँपालिका २ बाबरेका वडा सदस्य विकास थामीकी श्रीमती रहेको प्रहरी निरिक्षक तामाङले जानकारी दिए ।

तस्बिर सौजन्य – इलाका प्रहरी कार्यालय सिंगटी

याे पढ्न छुटाउनु भयाे की ?

कांग्रेसको सय दिने अभियान , सिंगटीमा भब्य सभा, ७६ जना कांग्रेसमा प्रवेश

shyam khatiwada

दोलखामा मतगणनाको माग गर्दै गठबन्धनका उम्मेद्वार धर्नामा

shyam khatiwada

दोलखा उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ सर्बसम्मत

shyam khatiwada
Gaurishankar Post