Gaurishankar Post
देश स्थानीय समाचार

मलेसियामा कार्यरत नेपालीहरुबाट मृगौला पडितलाई सहयोग


मलेसियामा कार्यरत नेपालीदाजुभाई दिदीबहिनीबाट तेह्रथुम जील्ला लालिगुरास नगरपालिका वार्ड नं ७ चामचिम निबासी मृगौला पिडित प्रकाश राना मगरलाई सहयोग सङ्कलन गरि हस्तान्तरण गरिएको छ ।मलेसियामा कार्यरत स्थानिय दाजुभाई दिदीबहिनीको सकृयतामा सहयोग अभियान चलाईएको थियो । यसमा स्वईच्छाले विभिन्न क्षेत्रमा कार्यरत पुर्ब देखि पश्चिम सम्मका नेपाली दाजुभाई दिदीबहिनीले सहयोग गर्नु भएको थियो । साथै स्थापना काल देखि नै पिडीतलाई सहयोग गर्दै आएको सहयोगको लागि एउटा उदाहरणीय बनेको सङ्गठन तेह्रथुम मलेसिया सम्पर्क मन्चले पनि सङ्गठनको तर्फबाट रु १२,०००र समिति सदस्यको तर्फबाट स्वइच्छाले सहयोग गर्नु भएको थियो ।
छोटो समयाबधिमा नै सहयोगी मन हुनुभएका नेपाली दाजुभाई दिदीबहिनीले अहिलेको विषम परिस्थितिमा पनि सहयोग गर्न इच्छुक भएर स्व इच्छाले फेसबुकमा पोष्ट गरेको आधारमानै सहयोग गर्नु भएकोमा यश सहयोग अभियानमा सकृयमध्येमा एकजना सदस्य महेन बस्नेतले खुशी ब्यक्त गर्दै सबै सहयोगी दाजुभाई दिदीबहिनीलाई धन्यवाद दिनु भएको छ । साथै वास्तविक पिडितलाई सबैले सहयोग गर्नु हुने रहेछ भन्ने यो एउटा उदाहरण भएको उहाको धारणा छ ।
मलेसियामा सङ्कलन गरिएको जम्मा पैसा ३९२८ रिङ्गेट नेपाली रु १,०८,५४६९ एकलाख , आठ हजार पाच सय छयालिस ० मृगौला पिडितका बुबालाई सहयोग समिति सम्योजक ९ समाज सेबी , बुद्दिजीबी० भक्त राना ज्यु र ला।न।पा। ७ वडा वडा अध्यक्ष देबेन्द्र खड्का ज्युले हस्तान्तरण गर्नु भएको छ ।
मलेसियामा झै अन्य देशबाट पनि पिडितलाई सहयोग सङ्कलन भई रहेको सहयोग सम्योजक समाजसेवी भक्त राना ज्युले जानकारी गराउनु भएको छ । मृगौला ट्रान्स्प्लान्टको सम्पुर्ण तयारी भए पनि लकडाउनका कारण ढिलाई भईरहेको कारण बीरामीले अरु पीडा खेप्नु परिरहेको छ । मृगौला पिडितका बुबाले नै दिनु हुने भएको छ ।
यस सहयोग अभियानमा सहयोग गर्नुहुने सबै सहयोगी मनहरुलाई एकमुष्ट धन्यवाद सहित पिडित प्रकाश रानाको शिघ्र स्वास्थ्यलाभको कामना गरिन्छ ।

याे पढ्न छुटाउनु भयाे की ?

कवि एवं साहित्यकार मान बहादुर खड्का (एमबी) सम्मानित

shyam khatiwada

वीरगञ्जमा हुण्डीको २८ लाखसहित तीन जना पक्राउ

shyam khatiwada

क्यान्सर पिडित महिलालाई तरुण नेता खड्काको आर्थिक सहयोग

shyam khatiwada
Gaurishankar Post