Gaurishankar Post
लेख तथा रचना विचार

महाधिबेशन गर्न हतार नगरौं – तारा बहादुर कोइराला

नेपाली काँग्रेसको महाधिवेशन आगामी भाद्र भित्र सम्पन्न गरि सक्नु पर्ने संवैधानिक सिमा रहेको छ । पछिल्लो कार्य शुचि पनि प्रकाशित भयो । कोभिड दोस्रो लहरको प्रभाव कम नभयकै अबस्थामा तेस्रो लहरको पनि हल्ला छ । निशेधाज्ञ र लक डाउन कहिले सम्म रहने ठेगान छैन । अवस्था केही सहज बने पनि सामन्य जनजीवनमा फर्कन समय लाग्छ । सावधानी अनिवार्य छ ।

असंख्य प्रतिनिधि रहेको नेपाली काँग्रेसको अधिवेशनमा कार्यकर्ता , दर्शक अनि पत्रकार , प्रहरी र आमन्त्रित पाहुनाको उपस्थिति यसको दोब्बर हुन्छ । अधिवेशनमा प्रतिस्पर्धा तिव्र हुन्छ । यो परिस्थितिमा काँग्रेसले सामाजिक मापदण्ड कसरी कायम गर्छ । सम्भव देखिदैन । काँग्रेस महाधिवेशनको कारणले प्रकोप बड्यो भने जिम्मेवारी कसले लिने । वलिले घोषणा गरेको निर्वाचन त बदर होला । नियमित निर्वाचन आउन धेरै समय बाँकी पनि छैन । नेपालका राजनीतिक पार्टीहरुको लडाइँ , झगडा , फुट र बिभाजनको इतिहास बाट नेपाली काँग्रेस पनि अछुतो छैन । २०५१ को मध्यावधि निर्वाचन , गणेशमान जी को बहिर्गमन , पार्टी बिभाजन र पार्टी कै उम्मेदवारका विरुद्ध उमेद्वारी , अन्तरघात र असहयोगले पार्टी , लोकतन्त्र र मुलुकले क्षति व्यहोर्नुपरेको काँग्रेसले सम्झीएको छ कि छैन । माओवादी ” जनयुद्ध ” , वामपन्थीहरूको दुई तिहाइ र वलीको वर्तमानमा देखिएको पागलपन र यसका समग्र क्षेत्रमा देखियका दुस्परिणाम संग काँग्रेस भित्रको विवाद विभाजनले सम्बन्ध राख्छ कि राख्दैन ? मलाई लाग्छ काँग्रेस एकातावद्ध भएर सुशासन दिन सकेको भए मुलुकले यो दुर्भाग्य व्यहोर्नुपर्ने थिएन । वि . पी . को व्यक्तित्व , बौद्धिकता र नेतृत्व क्षमता अनि सुवर्ण शमशेर , गणेशमान जी , किसुन जी हरुको को धैर्य , सहनशीलता र आत्मा मुल्यांकनले वि . पी . को नेतृत्व सहज , स्वभाविक र सफल देखियो । समस्याहरु त थिए होलान तर समय र सन्तुलनले समेटिए ।

तत् पश्चात् किसुनजी , गिरिजबाबू र शुशिलदाहरुको कार्यकालमा भए गरेका महान उपलब्धिहरु र आआफ्नै बिशिस्ट ब्यक्तित्वको कारण अमर त हुनु भयो तर पार्टी भित्र बेहोर्नु परेको अस्वस्थ प्रतिस्पर्धा र असहज मन कोक्याउने पिडाका क्षणहरु कति आवस्यक र अपरिहार्य थिए ? कसै सामु छिपेको छैन । सेर बहादुर दाईको कार्यकाल कति सहज र सफल भयो उहाँले मुल्यांकन गर्नु भएकै होला । बाँकी इतिहासले मुल्यांकन गर्ने नै छ । तर काँग्रेस कमजोर बनाउन माथिका तथ्यहरुको भुमिका तितो यथार्थ हो । अहिले पनि काँग्रेस भित्र तिन चार गुट सशक्त छन् । कोही गुट निर्माणमा गर्न कसरत गरिरहेका छन् । आत्म समिक्षा र आत्मा मुल्यांकन गर्दैनौं । सह्रिदयता , सहकार्य र आपसी सद्भाव हराएको छ ।

धैर्यता , सहनशीलता र आदरभाव देखिदैन र धरातल बिर्सिएका छौं । हाम्रो चरित्र , चिन्तन , परम्परा र पद्धति फेरिएको छैन । जितेकाहरु पराजित जनमतलाई मुल प्रवाहमा लिएर हिड्न डराऊछौं अनि सत्ता शक्तिको दुरुपयोग गर्छौं । हारेकाहरु हारको कारण खोजेर पार्टी हितमा आफ्नो पकड मजबुत बनाउने तिर लाग्दैनौं र सकरात्मक सहयोग पनि गर्दैनौं । सत्ता राजनीतिको सौदावाजी खेलको सहारा लिन्छौं । हार र जितलाई सहजै पचाउदैनौं । गलत बिकल्पबाट सेखि झार्न कुनै कसर बाँकी राख्दैनौ । मित्रको हितमा आफ्नो अहित देख्छौं । अधिवेशनको रिसको मुङरो आम निर्वाचनमा उमेदवारको थाप्लोमा वज्रन्छ । पार्टी गुटबन्दीको प्रहार त छदैछ । नेपाली काँग्रेसलाई एकतावद्ध बनाएर प्रचण्ड बहुमतका साथ जिताउन महाधिवेशन आमनिर्वाचन पछाडि गर्नु उपयुक्त हुने मेरो व्यक्तिगत राय छ । केन्द्रीय नेतृत्वमा रहेका नेता गणका राजनीतिक इतिहास , व्यक्तित्व , प्रभाव र क्षमताको आधारमा उहाँहरुको आकाँक्षा र अस्तित्वलाई वर्तमान र भबिष्य सम्मको लागि एक विधि निर्माण गरेर सम्बोधन गर्न म आदरणीय सभापति ज्यु संग हार्दिक आग्रह गर्दछु । संवैधानिक संकटबाट काँग्रेसलाई जोगाउन धेरै विकल्पहरु छन । चर्चा भएकै छन ।

नयाँ साथीहरूलाई महाधिवेशनमा सहभागी हुने र पोजीसन प्राप्त गर्न सक्ने अवसरबाट वञ्चित गराउनु बाहेक अरु कुनै उल्लेख्य घाटा म पार्टीलाई देख्दिन । राष्ट्र , राष्ट्रिय अखण्डता , लोकतन्त्र र नेपाली जनताका हितकोलागी आगामी निर्वाचनमा काँग्रेस जित्नु अनिवार्य छ । महाधिवेशन संपन्न गर्ने काम भन्दा काँग्रेस जित्नु प्राथमिकताको बिषय हो । धन्यवाद ! जय नेपाल !

लेखक कोइराला नेपाली कांग्रेस दोलखाका निवर्तमान सभापति एवं काग्रेसका प्रभावशाली नेता हुन् ।

याे पढ्न छुटाउनु भयाे की ?

सम्बन्ध [लघुकथा]

shyam khatiwada

एमसिसी र तत्कालिन नेतृत्व

shyam khatiwada

पार्टी–भक्तिमा समाधिस्थ ‘अब्बल’ कर्मचारी

shyam khatiwada
Gaurishankar Post