Gaurishankar Post
नेपाल समाचार ब्रेकिंग

महावाणिज्य दुत कार्कीलाई युरोपियन विश्वविद्यालयको मानार्थ विद्यावारिधी

काठमाडौं । नेपालका लागि मोरिससका महाबाणिज्यदुत एवं स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का उपाध्यक्ष गणेश कार्कीलाई युरोपियन इन्टरनेशनल विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको छ।
युरोपियन इन्टरनेशनल युनिभर्सिटीले ‘ग्लोबल लिडरसिप इन बिजनेश म्यानेजमेन्ट’मा कार्कीलाई मलेसियामा मानार्थ विद्यावारिधि ९प्रोफेसनल डक्टर प्रमाणपत्र० प्रदान गरेको हो । मलेसियाकी राजकुमारी डा। रोमना मुराडको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्कीले नेपालको सामाजिक र आर्थिक क्षेत्रमा ठुलो योगदान पुर्याएको भन्दै सो डक्टर अवार्ड प्रदान गरीएको हो । मानार्थ ‘विद्यावारिधि’ प्रदान कार्यक्रममा युरोपियन इन्टरनेशनल युनिभर्सिटीका डा। एर्वर्ड रोय कृष्णन, संस्थापक तथा महानिर्देशक डा। एडवर्ड रोय कृष्णनको बिशेष उपस्थिति रहेको थियो । युरोपियन इन्टरनेशनल युनिभर्सिटी फ्रान्सको चर्चित बिश्वबिधालय हो ।

३० देशका एकसय पचास भन्दा बढी विशिष्ट व्याक्तिहरुको उपस्थिति रहेको सो कार्यक्रममा कार्की सहित ५५ जनालाई विभिन्न विधामा मानार्थ ‘विद्यावारिधि’बाट दिक्षित गरीएको थियो। कार्यक्रममा विश्वविद्यालयका तर्फबाट डा. इरवार्ड रोय कृष्णन, संस्थापक तथा महानिर्देशक डा. इडवार्ड रोय कृष्णन, व्यवस्थापन प्रमुख रोबर्ट ब्राण्डको उपस्थिति रहेको थियो । मिस एसिया रश्मि ठाकुरको समेत उपस्थिति रहेको समारोहमा विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धान गरी पिएचडी उपाधि हासिल गर्ने १० जना र एमबिए उपाधि पाउने ४५ जना विद्यार्थी दिक्षित भएका थिए ।

कार्की सिंगटी हाइड्रो इनर्जी लिमिटेडका कार्यकारी निर्देशक तथा रोटरी क्लव अफ पाटन हेरीटेजका अध्यक्ष समेत हुनुहुन्छ ।

याे पढ्न छुटाउनु भयाे की ?

द्रुत गतिमा सम्पन्न भएको चरिकोट- जिरी सडक

shyam khatiwada

५१ जना असहाय महिला तथा बालबालिकालाई न्यानो कपडा वितरण

shyam khatiwada

ज्वरो आएका बिरामीलाई विगु गाउँपालिकाको एक एक थान डिजिटल थर्मोमिटर

shyam khatiwada
Gaurishankar Post