ताराबहादुर कोइराला,,
यही २०७८ चैत्र ५ गते सम्माननिय प्रधानमन्त्री सेर बहादुर देउवाबाट उद्घाटन हुने र माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको अवलोकन भ्रमण हुने रहेछ । छोटो अवधीको भ्रमणमा आयोजनाको तर्फबाट पेश हुने समान्य प्रगति विवरण सुन्ने र आयोजनाको सतही अवलोकन गर्ने काम मात्र सम्भव होला । ५ बर्षमा सम्पन्न हुनु पर्ने आयोजना १० बर्षमा पनि पूरा हुन सकेको छैन , ३५ अर्बको लागत अनुमान भएकोमा दोब्बर भन्दा बडी खर्च भैसकेको छ । तामाकोसी सबैभन्दा सस्तो आयोजना थियो । सम्पन्न हुदा सम्म महंगो पर्ने भयो । डलरको भाउ बढनु , नियमित मुल्य वृद्धि , महा भुकम्प , कोरोना र कतिपय कारणहरु होलान् ढिलाइ र मुल्य वृद्धिकालागि । आयोजनाको टिमको नियत र इमान माथि पनि शंका गरि नहालौं । तर डिजाइनमा देखिएका अपरिपक्व ईन्जिनियरिङ कौशल , भ्रष्टाचार , ठेकेदार कन्सल्ट्यान्ट र आयोजना बिचको मिली भगत र कर्मचारीको नाममा रहेका केही व्यक्तिहरुवाट अमुक पार्टीको स्वार्थमा हुने गरेका कामकारबाहीलाई पनि नजर अन्दाज गर्न सकिदैन । अनियमितता र बेथितिको विरुद्ध बोल्ने र आफू माथि भएका अन्यायको विरुद्ध प्रश्न उठाउने कर्मचारी माथि एकाधिकार कायम गर्न पटक पटक भएको दमन र पुर्वाग्रहपुर्ण व्यवहारले आयोजनालाई पारदर्शी , जवाफदेही र गतिशील बनाउबाट रोकेको पनि छ । आयोजनाबाट स्थानीय जनताले पाउने रोजगारी , आर्थिक लाभ र सामाजिक क्षेत्रमा सेवा सुविधा अत्यन्त न्युन देखियो । राष्ट्रिय गौरवको आयोजना जसरी पनि पूरा गर्नु पर्छ भन्ने एक मात्र उदेश्यको कारण हेरीनु पर्ने महत्त्वपूर्ण विषयबस्तुहरु र गर्नु पर्ने नियन्त्रण कमजोर बनेर आयोजनाको नेतृत्व स्वच्छचारी र बेलगाम बनेको छ । अनुभवको कमी , निर्णयकर्ताको स्वार्थ र सरकारको बेवास्ताको कारण संस्थापक सियर लगानी र वितरणमा समेत न्याय हुन सकेको छैन । यो एक उधारणिय आयोजना हो । यसका सकारात्मक र नकारात्मक अनुभवले नेपालको बिद्धुत विकासमा ठूलो योगदान गर्दछ । अत: यी समग्र बिषय बस्तु हेर्न , मुल्यांकन र छानवीन गर्नकालागी एक स्वतन्त्र कार्यदल बन्नु आवस्यक छ । सम्माननिय प्रधानमन्त्रीज्यूको ध्यान आकर्षण गराउन चाहन्छु । माथिल्लो तामाकोसी आफू मात्र नभएर यसले धेरै आयोजनाहरु जन्माएको छ । आयोजनाको प्रवेश मार्गको कारण चीन संगको नाका खोल्न सजिलो भएको छ । आन्तरिक , बाह्य र धार्मिक पर्यटनको मार्ग खुलेको छ । कृषि उद्योग र बन्द व्यापारको ढोका खोलेको छ । जलविद्युत विकासको ठोस राष्ट्रिय योजना बन्नु आवस्यक छ । यस क्षेत्रमा जलविद्युत विकास संग जोडेर राष्ट्रिय अर्थतन्त्रमा अत्यधिक योगदान गर्न सक्ने केही नीतिगत र केहि निर्माण आयोजनाहरु कार्यनयन गर्नकालागी निम्न सुझावहरु पेस गर्दछु । १. माथिल्लो तामाकोसीको नेतृत्वमा एक अधिकार सम्पन्न कम्पनी निर्माण गरेर यस क्षेत्रको जलविद्युत आयोजनाहरुको संचालन र विकास गर्नु राम्रो हुन्छ । जसले गर्दा ब्यवस्थापकि र कर्मचारी लगायतका खर्च घट्न गै प्राधिकरणलाई नाफा हुनजान्छ । २. तामाकोसी ५ लगायतका आयोजनाहरु स्थानिय जनता , वडा , गाउँ ,नगर , प्रदेश र केन्द्रको लगानीमा संचालन गर्नु आवस्यक छ । सम्भव भए सम्म सात वटै प्रदेशमा यहि मोडेलवाट काम हुन सक्यो भने जलविद्युत विकासमा सरकारको दायित्व घट्छ र उक्त रकम अन्यत्र खर्च गर्न सक्ने अवस्था आउनेछ । ३. देश भित्रै दक्ष जलविद्युत प्राविधिक र दक्ष कामदार उत्पादन गर्न दोलखा जिल्लामा ईन्जिनियरिङ कलेज खोल्ने । जसको लगानी दोलखामा कार्यरत सरकारी र निजी जलविद्युत आयोजनाहरुलाई गर्न लगाउने । ४. अन्तर्राष्ट्रिय बजारमा नेपालको बिद्युत बिक्रीकोलागी सम्भाव्यता अध्ययन गरेर छिमेकी मित्र राष्ट्र र त्यहाँका जलविद्युत विकास कर्ता र उद्योगी व्यवसायीहरु संग लबिङ गरेर विद्युत बिक्री गर्ने । ५. फलाक नाका तत्काल खोल्ने र फलाक देखि जयनगर सम्म अन्तराष्ट्रीय राजमार्ग निर्माण गर्ने । राजमार्गलाई छोटो बनाउन सिंधुली – खुर्कोट टनेल मार्ग निर्माण गर्ने र तामाकोशी नदिमा संचालन हुने जलविद्युत आयोजनाहरुलाई बाधा नपर्नेगरि तामाकोसी नदिको दुवै तर्फ लामावगर सम्म हाइ वे निर्माण गरेमा चिनको सिमानाबाट भारतको सिमाना पुग्न चार घण्टा भन्दा बडी लाग्दैन । लामावगर राष्ट्रिय एकीकरण अगाडि भोट भारत व्यापारको मुख्य नाका थियो । दोलखा राज्यको विकास पनि व्यापारिक नाकाकै कारण भएको थियो भनिन्छ । सम्माननिय प्रधानमन्त्री ज्यू यो भन्दा अघिल्लो पटक प्रधानमन्त्री हुदा भुकम्प पिडितलाई थप एक लाख दिने , बृद्ध भत्ता पाँच हजार पुर्याउने र साठी वर्ष उमेर भन्दा माथिकालाई जेष्ठ नागरिक मानेर भत्ता दिने लगायतका लोकप्रिय निर्णय भएको थियो । यी निर्णहरु यथाशीघ्र कार्यनयन होस भन्ने जनताहरुको माग छ । जय नेपाल !