Gaurishankar Post
नेपाल समाचार ब्रेकिंग

माथिल्लो तामाकोसी आयोजनाका कर्मचारीको आन्दोलन फिर्ता

माघ मसान्त भित्र अतिरक्ति सुविधा समान गर्ने सहमति
श्याम खतिवडा,
दोलखा ६ असोज

माघ मसान्त भित्र अतिरक्ति सुविधा समान गर्ने सहमति पछि माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा जारी आन्दोलन आइतबार साँझबाट फिर्ता भएको छ । आयोजनाको फिल्ड कार्यालय गौंगरमा तामाकोसी हाइड्रोपावर कम्पनी पक्ष र आन्दोलनरत कर्मचारीहरु बीच भएको वार्तापछि आन्दोलन फिर्ता भएको हो ।
आइतबार दिनभर भएको वार्ताबाट दोलखा जिल्लाबासी र जिल्ला बाहिरका कर्मचारीका सेवा सुविधा वीचको अन्तर कम्पनी सञ्चालक समितिमा पेश गरेर २०८१ माघ भित्र हल गर्ने सहमतिपछि आन्दोलन फिर्ता गर्ने निर्णय भएको हो ।
वार्तापछिको सहमति पत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहन गौतम र उपनिर्देशक तथा कम्पनी सचिव सुरेशराज खकुरेल, आन्दोलनरत कर्मचारीका तर्फबाट रामबहादुर खड्का, सुनतारा तमाङ र नवराज खड्काले हस्ताक्षर गरेका छन् ।
कम्पनीमा कार्यरत झण्डै २२३ जना करार कर्मचारीमध्ये दोलखाका १०१ जना कर्मचारी छन् । आयोजनाले कार्यरत कर्मचारी मध्ये यस अघि आयोजना निर्माणाधीन अवधिमा सबै कर्मचारीलाई सत प्रतिशत अतिरिक्त सुविधा वितरण गर्दै आएको थियो । आयोजना निर्माण सम्पन्न भएपछि संवैधानिक निकाय र अन्य सरोकारवाला निकायबाट संशोधन गर्न चौतर्फी दबाब बढेपछि आयोजनाले उक्त सुविधा घटाएर कार्यनयन गर्ने निर्णय गरेको थियो ।
आयोजनाको काम पूरा भएपछि २०७८ साल भदौपछि कम्पनी संचालक समिति बैठकबाट आयोजनामा कार्यरत दोलखाली कर्मचारीलाई ५० प्रतिशत र अन्य जिल्लाका कर्मचारीलाई ७५ प्रतिशत मात्रै सुविधा उपलब्ध गराउने निर्णय गरी कार्यान्वयन थालेको थियोे ।
अपर तामाकोसी हाइड्रपावर कम्पनीले दोलखाको विगू गाउँपालिका वडा नं. १ लामाबगरमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिरहको छ । त्यसैगरी २० मेगावाटको रोल्वालिङ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । पछिल्लो समय आयोजनाका बेथिति विरुद्ध चौतर्फी आलोचना हुन थालेको छ । खासगरी महंगो रकम खर्च गरेर सञ्चालकहरुको विदेश भ्रमण , आयोजना भित्रको बहुमुल्य उपकरणको चोरी ,कर्मचारी संयन्त्रमा सुविधाको विभेद , रोल्वालिङ आयोजनाको सुस्त निर्माण कार्य, वर्षेनि आयोजनामा करोडौं घाटा , रोल्वालिङ आयोजनाको जग्गा मुअब्जा सम्बन्धि विवाद लगाएत अन्य थुप्रै कारणले आयोजना व्यवस्थापन पक्षको चौतर्फी आलोचना हुने गरेको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

शरणार्थी प्रकरणमा मुछिएकालाई कार्वाही हुने कुरा संकास्पद छ – बरिष्ठ उपाध्यक्ष मिश्र

shyam khatiwada

केन्द्र विवादको समस्या पहिलो बैठकबाट समाधान गर्छौंं ,- गठबन्धन उम्मेद्वार कालिञ्चोक

shyam khatiwada

दोलखा उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ सर्बसम्मत

shyam khatiwada
Gaurishankar Post