Gaurishankar Post
समाचार

माथिल्लो तामाकोसी स्थानीय कर्मचारीको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम

माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा कार्यरत दोलखाका स्थानीय कर्मचारी र गोंगरका स्थानीय बासिन्दाहरुले नजिकिदै गरेको दिपावली छठ र नेपाल संवतको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेका छन् ।
मंगलबार माथिल्लो तामाकोसीको विद्युतगृह गोंगरमा उनिहरुले भव्य चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेका हुन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजयबाबु शिवाकोटीको प्रमुख आतिथ्यथातामा आयोजित उक्त कार्यक्रममा माथिल्लो तामाकोसीको वर्तमान अवस्था र आयोजनाले सम्पादन गर्दै आइरहेका कार्यहरुको समिक्षा समेत गरिएको थियो ।

माथिल्लो तामाकोसी जलविद्युत आयोजना स्थानीय कर्मचारी सञ्जालका अध्यक्ष राम बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य अजयबाबु शिवाकोटीले असोज १२ गतेको बाढीले आयोजनामा गरेको जनधनको क्षती बारे दुख व्यक्त गर्दै आयोजना जतिसक्दो छिटो सञ्चालनको व्यवस्था मिलाउनुपर्ने बताएका छन् । उनले बाढीमा परि ज्यान गुमाउनेका परिवारलाई उचित क्षती पुर्ती सहितको आवश्यक व्यवस्थापनमा आयोजना गम्भीर हुनुपर्ने बताएका छन् । केन्द्रिय सदस्य शिवाकोटीले आयोजनामा कार्यरत कर्मचारीहरुमा यस अघि गरिदै आएको विभेद तत्काल अन्त्य गरी एकरुपता कायम गर्नुपर्ने जनाएका छन् । कार्यक्रममा विभिन्न भुमिकाका कर्मचारी स्थानीय नेताहरु लगाएत गोंगर गाउँका स्थानीयहरु सहभागी थिए । कर्मचारीहरुले हरेक वर्ष यस्ता कार्यक्रमहरु आयोजना गरिरहेने आयोजनाका कर्मचारी रमेश आचार्यले बताए ।कार्यक्रममा विगु गाउँपालिका १ का वडा अध्यक्ष मेम्बा तामाङ, कांग्रेसका विगु सभापति हेमराज तामाङ स्थानीय नेता जिल्ला मगर माथिल्लो तामाकोसी आयोजना सम्बद्ध विभिन्न कर्मचारी युनियनका नेताहरु सहभागी थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

देशैभर आंशिक रूपमा खुल्न थाले पसल : व्यवसायीले खोल्ने, प्रहरीले बन्द गराउने क्रम जारी

shyam khatiwada

मनकारी बिमल थापा जसले विपतको समयमा बाबरे स्वास्थ्य चौकीलाई गरे औषधी सहयोग

shyam khatiwada

डेपुटी सिइओको मानशिक यातना , बेहोस भएर ढलेका शाखा प्रबन्धक भण्डारीको होस खुल्यो , दोषीउपर कारबाहीको माग

shyam khatiwada
Gaurishankar Post