Gaurishankar Post
नेपाल समाचार समाचार

मुलुककै प्राचिन शहरको रुपमा दोलखा बजारको विकास गर्छौं – भरत प्रधान

दोलखा १४ बैशाख नेपाली कांग्रेसका नेता एवं भीमेश्वर नगरपालिका २ का वडा अध्यक्ष उम्मेदवार भरत नारायण प्रधानले दोलखा बजारलाई मुलुककै प्राचिन शहरका रुपमा विकास गरिने बताएका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भीमेश्वर नगरपालिका २ का वडा अध्यक्ष उम्मेद्वार प्रधानले यस्तो बताएका हुन् । उनले संस्कार संस्कृति र परम्पराको जगेर्ना गर्दै दोलखा बजारलाई मुलुककै पर्यटकिय गन्तब्यका रुपमा विकास गरिने बताएका छन् । एक कार्यक्रमका अवसरमा प्रधानले सबै जातजाती भाषाभाषी र भेषभुषाको संरक्षणमात्रै होइन तिनै संस्कृति र भेषभुषाको आधारमा समृद्ध दोलखा बजार सहित सिंगो वडाको विकासका लागि आफु नेतृत्वको टोली ५ वर्षसम्म खटिने जनाएका छन् । वडाअध्यक्ष उम्मेद्वार प्रधानले दोलखा भीमेश्वरको पहिचान अन्तराष्ट्रिय स्तर सम्म पुर्याएर दोलखालाई समृद्ध बनाउन आफुसँग थुप्रै योजनाहरु रहेको बताउदै सो कार्यका लागि वडाअध्यक्ष पदमा मतदान गर्न आह्वान समेत गरेका छन् । उनि नेपाली कांग्रेस सहितको गठबन्धनका उम्मेदवार ईश्वर मानन्धरको प्यानलबाट चुनाबी मैदानमा छन् । सालीन स्वभाव , उच्च क्षमता , समझदारीपन र गरिब दुखीका पर्यायका रुपमा परिचित प्रधान भीनपा २ का प्रभावशाली नेता हुन् । उनको एमाले र माओबादीका उम्मेद्वारहरुबिच प्रतिपर्धा भएपनि निर्वाचनमा उनकै पक्षमा माहोल देखिएकोले प्रधानले विजय हाँसील गर्ने विपक्षी नेताहरुले बताएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

महाँलक्ष्मी नगरको उपप्रमुखमा कांग्रेस नेतृ खनियालाई अघि सार्ने कांग्रेसको तयारी

shyam khatiwada

पिडितका घर घरमा राहत पुर्याँउदै जुँगुका युवा

shyam khatiwada

बाबरेका पहिरो पिडितलाई कांग्रेसको जस्ता पाता सहयोग

shyam khatiwada
Gaurishankar Post