Gaurishankar Post
नेपाल समाचार ब्रेकिंग

मोटरसाइकल र जिप ठोक्किँदा दोलखाको विगुका एक युवकको मृत्यु

सिन्धुलीमा मोटरसाइकल र जिप ठोक्किँदा दोलखाका एक युवकको मृत्यु भएको छ ।

जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर ४ मा मोटरसाइकल र जिप ठोक्किँदा दोलखाको विगु गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय महेश भुजेलको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाईते उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मोटरसाइकल चालक हुन् । मोटरसाइकलमा सवार मोरङको बेलका नगरपालिका कटारीका १८ वर्षीय खगेन्द्र तिमल्सिनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चियाबारीबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ३२ प ५१७१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बरको जिप हिजो बेलुकी आपसमा ठोक्किएर दुर्घटना भएको थियो । ठक्कर दिने जिपसहित चालकलाई प्रहरी चँैकी ढुङग्रेबासले नियन्त्रणमा लिएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखा उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ सर्बसम्मत

shyam khatiwada

वडाअध्यक्ष काफ्लेद्धारा आफ्नो सुविधाको रकमले जेष्ठजनलाई न्यानो वितरण

shyam khatiwada

कांग्रेस बागमती प्रदेश सभाको प्रमुख सचेतकमा कुन्दनराज काफ्ले

shyam khatiwada
Gaurishankar Post