Gaurishankar Post
नेपाल समाचार ब्रेकिंग

मोटरसाइकल र जिप ठोक्किँदा दोलखाको विगुका एक युवकको मृत्यु

सिन्धुलीमा मोटरसाइकल र जिप ठोक्किँदा दोलखाका एक युवकको मृत्यु भएको छ ।

जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर ४ मा मोटरसाइकल र जिप ठोक्किँदा दोलखाको विगु गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय महेश भुजेलको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाईते उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मोटरसाइकल चालक हुन् । मोटरसाइकलमा सवार मोरङको बेलका नगरपालिका कटारीका १८ वर्षीय खगेन्द्र तिमल्सिनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चियाबारीबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ३२ प ५१७१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बरको जिप हिजो बेलुकी आपसमा ठोक्किएर दुर्घटना भएको थियो । ठक्कर दिने जिपसहित चालकलाई प्रहरी चँैकी ढुङग्रेबासले नियन्त्रणमा लिएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

पहिरो प्रभावित क्षेत्र झमार्सी पुगे मन्त्री काफ्ले ,अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्न निर्देशन

shyam khatiwada

एमालेको १० औं महाधिबेशनका लागि दोलखाबाट सबै प्रतिनिधि सर्बसम्मत

shyam khatiwada

चिनिया कम्पनी अज एस्किलपियसले उपलब्ध गराएको सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर सिपिसी मार्फत नेपाल भित्रीयो

shyam khatiwada
Gaurishankar Post