Gaurishankar Post
देश नेपाल समाचार

मोरिससका राजदुत हुनमानजीको नेपाल भ्रमण , ऐतिहाँसीक र महत्वपुर्ण

काठमाडौं ।

नेपालका लागि मोरिससका नवनियुक्त राजदूत शान्ति वाइ हनुमानजी नेपाल भ्रमणमा रहेका छन् । राजदूत हनुमानजीको नेतृत्वमा छ जनाको प्रमण्डल छ दिने भ्रमणका लागि यसै साता नेपाल आएको हो । टोलीले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन समेत गरेको छ भने भ्रमणका अवसरमा पोखरा र अन्नपूर्ण हिमालको दृष्यावलोकन गरेको छ ।

टोलीलाई नेपाल–मोरिसस बिजनेस काउन्सिलले सोमबार एक कार्यक्रमबीच स्वागत गरेको थियो । सो अवसरमा राजदूत हनुमानजीले मोरिससमा नेपालीका लागि व्यापारिक अवसरबारे उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुनुपर्नेमा जोड दिएका थिए । काउन्सिलका अध्यक्ष बटु लामिछानेले दुई देशबीचको व्यापारिक सम्बन्ध वृद्धि र पर्यटन प्रवद्र्धन अवसरका रूपमा यसलाई लिनुपर्ने बताएका छन्। स्वागत कार्यक्रममा मोरिससका महाँवाणिज्य दुत गणेश कार्कीले पर्यटन, व्यापार लगाएत नेपाल र मोरिससका बिच थुप्रै सम्भावना रहेको उल्लेख गर्दै प्रचलित नियमअनुसार कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । राजदुत सहितको टोलीले नेपाल भ्रमण असाध्यै महत्वपुर्ण ऐतिहाँसीक रहेको जनाएको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

हाम्रो कार्यकालको सम्पुर्ण ध्याननै समुन्नत कालिञ्चोक बनाउन हुनेछ – गठबन्धन उम्मेद्वार

shyam khatiwada

उद्योग वाणिज्य महासंघको प्रदेश सदस्यमा उम्मेद्धारी दिदै व्यवसायी रिमाल

shyam khatiwada

नि थाङ्मी पालीकाई दिथांगा होचाले जेत लुंसा निको प्रतिबद्धता – कुल बहादुर बुढाथोकी

shyam khatiwada
Gaurishankar Post