Gaurishankar Post
समाचार

म उठेन भनेर चिन्ता गर्ने होइन गठबन्धनलाई अत्याधिक बहुमतले जिताउन लाग्नुहोला ( जिपछिरिङ् लामा

नेपाली कांग्रेसका नेता एवं कार्यसम्पादन समिति सदस्य पुर्व सांसद जिपछिरीङ् लामाले दोलखामा अत्याधिक बहुमतले गठबन्धनका उम्मेद्वार जिताउन आग्रह गरेका छन् । ३ दिन अघि दोलखा आएका लामा राजनीतिक भेटघाट र फाटेका मन मिलाउन कृयाशिल छन् । बुधबार पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै लामाले दोलखामा बाम लोकतान्त्रीक गठबन्धनका उम्मेद्वारहरुलाई अत्याधिक बहुमतले विजय गराउन अनुरोध गरेका हुन् । लामाले भने म उठेन भनेर चुप लागेर बस्ने होइन सकृय ढंगले गठबन्धन जिताउन लाग्नुहोला म सँगसँगै छु केही परे मलाई भन्नुहोला । लामा बिहिबार मध्येसम्म चरिकोट रहने र त्यसपछि मेलुङ तर्फ जाने कार्यक्रम तय भएको छ । लामाले आफु कांग्रेुको माथिल्लो जिम्मेवारीमा भएको कारण समयमा जिल्ला आउन नसकेको बताउदै बाँकी समय दोलखामा खटीने बताएका छन् । उनले कार्यकर्तालाई निर्देशन दिदै विगतमा केही कुरामा असहमति भएपनि यो बेला ति कुराहरु भुल्न र गठबन्धनको पक्षमा खुलेर लाग्नु पर्ने बताएका छन् । बिहिबार नै लामाले सामाजिक सञ्जालमार्फत जिल्लाबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

माथिल्लो तामाकोसीको डिसेण्डर बेसिनमा पानी भर्न सुरु, दोलखा कांग्रेसको बिरोध

shyam khatiwada

सुनसरीका समाजसेवी भट्टराईले चितवनमा गरे सहयोग

shyam khatiwada

एमसीसीमा अमेरिकाको आशय र नेपाली जनता को चिन्ता के हो ?

shyam khatiwada
Gaurishankar Post