Gaurishankar Post
राजनीति वाग्मती

यो पटक सजिलो गरि निर्वाचन जित्छौं – एमाले सचिब हिरा थोकर


दोलखा १५ बैशाख,,,
नेकपा एमाले दोलखाका सचिब एवं मेलुङ गाउँपालिकाका अध्यक्ष उम्मेद्वार हिरा कुमार थोकरले यो पटक सजिलै निर्वाचन जित्ने दाबी गरेका छन् ।
घरदैलो अभियानका क्रममा बस्ती बस्ती पुगेर उम्मेद्वार थोकरले आफुहरुको पक्षमा जनलहर र मेलुङ विकासको स्पस्ट खाका रहेकाले यो निर्वाचनमा ठुलो मतान्तरले निर्वाचन जित्ने बताएका हुन् । उनले ग्रामिण्म विकासको क्षेत्रमा आफुहरुसँग लामो अनुभव रहेकाले बाँकी समय सबै मेलुङ को विकासमा खर्चिने जनाउदै यस अघि बाँकी रहेका सबै कामहरु क्रमश पुरा गर्ने जनाएका छन् । नेकपा एमाले दोलखामा फरक पहिचान र बेग्लै छबि बनाउन सफल नेताका रुपमा परिचित थोकर गाउँमा पनि उत्तिकै पपुलर छन् । एमालेले थोकरलाई अध्यक्ष र लामो समय सञ्चार क्षेत्रमा अनुभव बटुलेकी पत्रकार गायत्री आचार्यलाई उपाध्यक्षको उम्मेद्वारको रुपमा अघि सारेको छ । मेलुङ मा गठबन्धनका तर्फबाट रबिन्द्र कार्की र भक्त बहादुर तामाङ चुनावी प्रतिष्पर्धामा छन् । गठबन्धनका उम्मेद्वारहरु पनि उत्तिकै सकृयताका साथ जनताको घर आँगनमा पुगिरहेका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

कोरोना पोजेटिभ देखिएका दोलखाका एक वृद्धको काठमाडौंमा मृत्यु

shyam khatiwada

दोलखा कांग्रेस सचिव शेर्पाद्धारा खोपाचागुका जेष्ठ नागरिकलाई न्यानो ज्याकेट वितरण

shyam khatiwada

पुर्वसञ्चारमन्त्रीको गाउँ सुरी पुगेर काफ्लेले सोधे मोवाइलमा डाटा चल्दैन त पार्वत दाई ?

shyam khatiwada
Gaurishankar Post