Gaurishankar Post
समाचार

राप्रपा दोलखाको पत्रकार सम्मेलन मेलुङ् गाउँपालिका भ्रस्टाचारले ग्रस्त भएको आरोप


दोलखा २८ भदौ
राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले एक साता अघिको मेलुङ खानेपानी काण्ड सँग सम्बन्धित रहेर दोलखा सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलन आयोजना गरेको छ ।
मेलुङस्थित भेड्पुको अरले खानेपानी आयोजनामा गाउँपालिकाले गरेको मनोपरि उपर स्थानीयले आवाज उठाउँदा उल्टै मुद्धा लगाएर आफ्ना केन्द्रिय सदस्य सहित ५ जनालाई थुनाएको भन्दै राप्रपाले पत्रकार सम्मेलन गरि धारणा सार्वजनिक गरेको हो । राप्रपाले चरिकोटस्थित होटल पावनको सभाकक्षमा आयोजना गरेको पत्रकार सम्मेलनमा मेलुङ गाउँपालिकामा जति भ्रस्टाचार अनियमितता र बेथीती अन्यत्र कतै नभएको आरोप लगाएको छ । भेड्पु खानेपानी काण्डमा ७ दिन प्रहरीको नियन्त्रणमा परेका राप्रपाका केन्द्रिय सदस्य प्रविण थोकरले जनताको खानेपानी सम्बन्धि समस्याको विषयमा बोल्दा गाउँपालिका अध्यक्षले नियत राखेर मुद्धा लगाएको बताएका छन् । केन्द्रिय सदस्य थोकरले सबैभन्दा धेरै भ्रस्टाचार र मनोपरि मेलुङ गाउँपालिकामा रहेको भन्दै संबैधानिक निकायको ध्यानाकर्शण गराएका छन् । उनका अनुसार गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठले बिना छलफल एक्लै बजेट बनाउने , आफुखुसी कर्मचारी भर्ना गर्ने र सरकारी कर्मचारीलाई बाइपास गरेर मनोपरी ढंगले काम गर्दै आएको बताएका छन् । अहिले चर्चामा रहेको खानेपानी आयोजनामा पनि अध्यक्ष श्रेष्ठले भ्रस्टाचार गर्न यो अभियान चलाएको बताएका छन् । पत्रकार सम्मेलनमा विज्ञप्ती जारी गर्दै राप्रपाका जिल्ला नेताहरुले मेलुङ गाउँपालिकामा तत्काल छानविन गर्न न्यायीक निकायहरुमा ध्यानाकर्शण गराउने जनाएका छन् ।
हेर्नुहोस विज्ञप्ती

याे पढ्न छुटाउनु भयाे की ?

माथिल्लो तामाकोसी स्थानीय कर्मचारीको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम

shyam khatiwada

लापिलाङका पहिरो पिडितलाई कांग्रेस नेताहरुको सहयोग

shyam khatiwada

नामसालिङ् द्धारा कालिञ्चोकका कृषकलाई खाद्य सुरक्षा र पशुपालनमा सहयोग

shyam khatiwada
Gaurishankar Post