Gaurishankar Post
नेपाल समाचार राजनीति

राप्रपा बाबरेको अधिबेशन,केन्द्रिय सदस्य खतिवडाद्धारा उद्घाटन, अध्यक्षमा वाणसुर पाण्डे


दोलखा १५ माघ
राष्ट्रिय प्रजातन्त्र पाटी बाबरेको अधिबेशन भव्यताका साथ सम्पन्न भएको छ । सोमबार राप्रपाका केन्द्रिय सदस्य राजन खतिवडाले एक भब्य समारोहकाबिच उद्घाटन गरेको गाउँ अधिबेशनले वाणसुर पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा प्रकाश पाण्डे , सचिब दिपक सोढारी र कोषाध्यक्षमा बलदेब पाण्डे निर्वाचित भएको राप्रपाका जिल्ला नेता भाष्कर पाण्डेले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रममा ठुला दलहरु परित्याग गरी राप्रपामा समेत केही मानिसहरु प्रवेश गरेका थिए ।


कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राप्रपाका केन्द्रिय सदस्य राजन खतिवडाले अव मुलुक निर्माण गर्ने जिम्मेवारी राप्रपालेमात्रै पुरा गर्ने बताएका छन् । उनले ठुला दलहरुबाट आम नागरिक निराश भएको जनाउदै अबको बिकल्प भनेकै राप्रपा रहेको जिकिर गरे ।
कार्यक्रममा राप्रपाका कालिञ्चोक गाउँपालिका अध्यक्ष भाष्कर पाण्डेले अब दोलखामा पानि संगठन वृद्धिका निम्ति पाटीले नयाँ ढंगले काम गर्ने बताउदै राष्ट्रिय एजेण्डामा आम नागरिकको भरोसा राप्रपा तिरै भएकाले त्यस तर्फ जोडिन तमाम दोलखालीहरुलाई अनुरोध समेत गरेका छन् । पाण्डेले हरेक जिल्ला क्षेत्र तथा अधिकांस पार्टीका संरचनाहरुमा युवाले नेतृत्व गर्नेगरी केन्द्रबाटै उक्त अभियान सुरु भएकाले अब राप्रपा दोलखाको नेतृत्व आफुले गर्ने गरी लागि परेको बताएका छन् ।

उनले आम कार्यकर्ताहरुलाई युवाको नेतृत्वमा पाटी निर्माण हुने बताउदै यो पटक दोलखाको नेतृत्वमा आफुलाई लैजान सबै समक्ष आग्रह समेत गरेका छन् ।
अधिबेशनमा जिल्ला सचिब राम बहादुर तामाङ , जिल्ला सदस्य एवं युवा नेता पाण्डब पाण्डे , निर्वाचन समितिका केशव काफ्ले लगाएतको सहभागीता थियो ।

Shyam Khatiwada

याे पढ्न छुटाउनु भयाे की ?

दोलखामा पहिलोपटक हाईअल्टिच्युड राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता हुने

shyam khatiwada

विद्यालाई नारायणकाजीले भेटेकोबारे माओवादी पार्टीलाई जानकारी छैन, एमालेसँग एकता सम्भव छैन

shyam khatiwada

तरुण विभागको केन्द्र र प्रदसे समितिमा दोलखाका ६ जना युवा नेताहरु मनोनित

shyam khatiwada
Gaurishankar Post