Gaurishankar Post
ब्रेकिंग

लम्पी स्किनका कारण दोलखामा ६ सय ९६ पशु मरे, १९ हजार ६ सय पशुचौपायमा संक्रमण


श्याम खतिवडा
दोलखा २२ साउन
,,,
दोलखाका ९ वटै स्थानीय तहहरुमा व्यापक रुपमा फैलिदै गएको ‘लम्पी स्किन’ रोगका कारण ६ सय ९६ पशु चौपाय मरेका छन् भने १९ हजार ६ सय २२ पशुहरुमा संक्रमण देखिएको छ ।
लम्पी स्किनका कारण जिल्लाका सबै स्थानीय तहहरुमा गरि ६ सय ९६ पशुहरु मरेका र १९ हजार ६ सय २२ पशुहरुमा संक्रमण देखिएको हो । उक्त रोगका कारण धेरैजसो गाइ , गोरु र पाडा बाछाहरु धेरै प्रभावित भएका छन भने पछिल्लो समय भैसिमा पनि संक्रमण हुन थालेको पशु स्वास्थ्य प्राविधिकहरु बताउछन् । कालिञ्चोक गाउँपालिकाको पशु स्वास्थ्य शाखाकी प्रमुख संगिता बस्ननेतका अनुसार लम्पी स्किन सुरुवात देखि नै गाइ र गोरुमा संक्रमण देखिएको र पछिल्लो समय भैंसिमा समेत सर्दै गएको छ । कालिञ्चोकमा मात्रै २९ सय पशुहरुमा उक्त रोगको संक्रमण भएको छ भने १ सय २ वटा पशुहरु मरिसकेका छन् । शाखा प्रमुख बस्नेतका अनुसार लेखमा पालिएका चौरी गाइ समेत उक्त रोगका कारण मर्न थालेका छन् । जिल्लाको भीमेश्वर नगरपालिकामा पनि उक्त रोगको संक्रमण तिब्र रुपमा फैलिएको छ । नगरपालिका कार्यालयका अनुसार हालसम्म २ हजार ३ सय ४९ पशुमा संक्रमण फैलिएको र ५६ वटा मृत्यु भैसकेको छ । त्यस्तै गौरीशंकर गाउँपालिकामा संक्रमित पशुहरुको संख्या ४ हजार २ सय १६ पुगेको छ भने मर्ने पशुको संख्या ६९ रहेको गाउँपालिकाको पशु स्वास्थ्य शाखा प्रमुख पुर्णबहादुर पुर्वछानेले जानकारी दिए उनका अनुसार उक्त गाउँपालिकामा पहिलाको भन्दा संक्रमितको संख्यामा निकै कमी आएको हो । त्यस्तै शैलुङ गाउँपालिकामा संक्रमित पशुहरुको संख्या ४ सय ८५ छ भने उक्त रोगका कारण मरेका पशुहरु ३८ पुगेका छन् । जिल्लाको वैतेश्वर गाउँपालिकामा संक्रमित पशु १५ सय ३८ छन भने मर्नेको संख्या ६४ पुगेको छ , त्यस्तै जिरी नगरपालिकामा १६ सय ११ पशुमा संक्रमण तथा ३० वटा मरीसकेको तथ्याङ्क छ । विगु गाउँपालिकामा ३ हजार ४ सय ९७ पशुहरु संक्रमित भएको तथा १९७ पशुचौपाय मरिसकेको विगुका निमित्त प्रशासकिय अधिकृत पुजन अधिकारीले जानकारी दिए । मेलुङ गाउँपालिकामा १२ सय १० पशुमा संक्रमण भएको र ६१ पशु मरेको गाउँपालिकाले जनाएको छ ।
गोरुमा संक्रमण देखिएकाले खेति गर्नै समस्या
दोलखाका अधिकांस स्थानीय तहमा फैलिदै गएको लम्पी स्किन रोग धेरै जसो गाइ गोरुमा देखिएको र गोरु बिरामी हुदा या मर्दा किसानको खेतिपातीमा नराम्रो असर परेको छ । कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन शिवाकोटीले मध्य असार साउनमा गोरु संक्रमित हुदा सयौं रोपनि खेतियोग्य जग्गा बाझै बसेको जानकारी दिए । उनले विकट गाउँमा बारी जोत्ने ६याक्टर पुगि नसकेको र गोरु विरामी हुदा खेतबारी बाँझो छोड्न किसानहरु बाद्य भएको जनाएका छन् । कालिञ्चोकमा मात्र नभै जिल्लाका अधिकांस स्थानीय तहमा यो समस्या छ । लम्प िस्किन को दिर्घकालिन समाधान नगरे बेलैमा खाद्य संकट सिर्जना हुने जिल्लास्थित सरोकारवालाहरु बताउछन् ।

याे पढ्न छुटाउनु भयाे की ?

वडाअध्यक्ष काफ्लेद्धारा आफ्नो सुविधाको रकमले जेष्ठजनलाई न्यानो वितरण

shyam khatiwada

कवि तथा निबन्धकार श्रीबाबु कार्की सम्मानित

shyam khatiwada

बैदेशिक रोजगारीमा जाँदा हात गुमाएका थामीलाई पिसानी मिल सहयोग

shyam khatiwada
Gaurishankar Post