रानिवन पहिरोले सिंगो लापिलाङ गाउँनै जोखिममा , २ दर्जन परिवारको उठिबास ।
श्याम खतिवडा
दोलखा(लापिलाङ) २९ साउन,,,
पहिरोले क्षेतिग्रस्त बनेको दोलखाको कालिञ्चोक गाउँपालिकास्थित लापिलाङका पिडितहरुलाई संघिय सांसद एवं कांग्रेस नेता जिपछिरिङ लामाले आबश्यक राहत सहयोग उपलब्ध गराएका छन् ।
एक वर्षदेखि निरन्तर रुपमा झरिरहेको रानिवन पहिरोका कारण आफ्नो जाय जेथा गुमाएका लापिलाङका १ सय ५० परिवारलाई सांसद लामाले निजी खर्चमा राहत सहयोग वितरण गरेका हुन् । लामाले १ सय ५० परिवारलाइ प्रति परिवार एक बोरा चामल, ५ केजी दाल, १ लिटर तेल, नुन लगाएतका खाद्यान्न सामाग्री उपलब्ध गराएपछि शनिबार दोलखा कांग्रेसका नेताहरुले लापिलाङ पुगेर पिडितहरुलाई हस्तान्तरण गरेका छन् । राहत सामाग्री वितरण कार्यक्रममा दोलखा कांग्रेसका दुई सचिबहरु सन्तोष रिमाल, बालकृष्ण आचार्य कालिञ्चोक गाउँपालिका सभापति अर्जुन शिवाकोटी लगाएतले तत्काल पिडितको उद्धारमा लाग्नुपर्नेमा जोड दिएका थिए ।
पिडित भन्छन हाम्रो तत्काल उद्धार गरियोस सरकार
पहिरोले घर जग्गानै बगाएर सुकुम्बासी बनेको दुखद घडिमा सांसद लामाले गरेको सहयोग प्रति पिडितहरुले लामालाई आभार व्यक्त गरेका छन् । पहिरोले १० पाथिको खेत बगाएर पिडित बनेका स्थानीय गणेश बहादुर श्रेष्ठले राहत पाएकोमा खुसी व्यक्त गर्दै आफुहरुलाई दिर्घकालिन बासको खाँचो रहेको दुख व्यक्त गरे । श्रेष्ठले भने १० पाथि धानको बिउ जाने खेत बगायो , दुखले जोडेको घर मुनिसम्म पहिरो पुगेको छ कुनबेला तान्ने हो टुंगो छैन २ महिनादेखि घर छोडेर पाखामा बसेका छौं हाम्रो उद्धार गर्नुपर्यो सरकार ?
गणेश बहादुर एकजना प्रतिनिधि उधारणमात्रै हुन उनि जस्ता लापिलाङका संयौं स्थानीयहरुको रानिवन पहिरोले उठिबास नै लगाएको छ । एक वर्षदेखि लगातारको पहिरोका कारण लापिलाङका झण्डै २ दर्जन परिवारको उठिबास नै लागेको हो । गत वर्षको असारदेखि झरेको पहिरो क्रमश फैलिदै गएपछि लापिलाङका विभिन्न बस्तीहरु समेत जोखिममा परेका छन् । पहिरोका कारण गत वर्ष बन्देथली र आसपासका १० घर परिवारको उठिबास नै लाग्यो । अहिले पनि झण्डै १५ घर परिवारको उठिबास नै हुनेगरि पहिरोले कटान गरिरहेको थप संयौ परिवार बिस्थापित बनेको कालिञ्चोक गाउँपालिका ५ का वडाअध्यक्ष सुवास थामीले जानकारी दिए । उनका अनुसार रानि वनबाट झरेको पहिरो अहिले सिस्नेबारी, मैदान, काँडाबारी, बन्देथली हुदै सिलाथारे सम्मका बस्तीहरुमा पुगिसकेको छ । पहिरोका कारण त्यस क्षेत्रका स्थानीयहरु जेठ अन्तिमदेखिनै घर छोडेर अन्यत्र कष्टकर रुपमा बसोबास गरिरहेका छन् ।
३ किलोमिटर लामो ठाडो पहिरो , दिनहुँ कटान हुँदै
पहिरोले रानिवनदेखि गुमुखोलासम्मको भुभाग दिनहुँ कटान गरिरहेको छ । वन क्षेत्र देखि खोली किनारसम्मको भुगोलमा मात्रै झण्डै ३ किलोमिटर ठाडो जमिन कटान गरेकोले लापिलाङका आधा दर्जन बस्तीहरुमा जोखिम सिर्जना भएको वडाअध्यक्ष थामी बताउछन् । सामान्य वर्षात हुँदा पनि माथिबाट बगेर आउने लेदोले झनै असर गरिरहेको स्थानीबासिन्दाहरुको गुनासो छ । पहिरोले तल्लो भागबाट दिनहुँ कटान गर्दै लगेको वडा अध्यक्ष थामीले बताए । उनले भने पहिरोले तल्लो भागबाट व्यापक कटौती गर्दै लगेको छ , यहि रफ्तारमा तान्दै जानेहो भने केही दिन भित्रै सुनखानी सांङबा सडक समेत अवरुद्ध हुनका साथै माथिल्लो बस्तीनै बगाउने छ ।
संसदको ध्यानाकर्षण गराएको छु बस्ती स्थानान्तरणका लागि पहल गर्छु -लामा

शानिबार राहत सामाग्री सहयोग गरेका प्रतिनिधि सभाका सदस्य एवं कांग्रेस नेता जिपछिरिङ लामाले बिहिबार सदनमै लापिलाङ पहिरोको बारेमा सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । नयाँ पत्रिकासँग कुरा गर्दै “लामाले भने व्यक्तिगत रुपमा प्रधानमन्त्रीज्युसँग पनि कुरा गरेको छु , सदनमा पनि आवाज उठाए ” । विपत प्राधिकरण लगाएतका निकायहरुसँग समन्वय गरेर बस्ती स्थानान्तरणका लागि पहल गर्ने उनले बताएका छन् । लामाले तत्काल जनता बचाउनुपर्ने चुनौतीका साथै उनिहरुको दिर्घकालिन बसोबासका लागि सरकारी निकाय गम्भीर हुनुपर्ने अवस्था सिर्जना भएको बताएका छन् ।