Gaurishankar Post
समाचार

लापिलाङका पहिरो पिडितलाई कांग्रेस नेताहरुको सहयोग


दोलखा ७ लापिलाङ
पहिरोले थलिएका दोलखाको कालिञ्चोक गाउँपालिका ५ का पहिरो पिडितहरुलाई दोलखाका कांग्रेस नेताहरुले निरन्तर सहयोगको अभियाननै चलाएका छन् ।
पिडामा परेका लापिलाङबासीहरुलाई थोरै भएपनि मलहम लगाउन निरन्तर सहयोगको अभियाननै चलाएको नेपाली कांग्रेस दोलखाले जनाएको छ । नेपाली कांग्रेस कालिञ्चोक गाउँपालिका समितिको समितिको अगुवाइमा जिल्लाका युवा नेताहरुले राहत सहयोग गरिएको हो । एक महिना देखि पटक पटक आएका पहिरोले लापिलाङका ५ दर्जन भन्दा धेरै घरहरु पुर्ण तथा आंसिक क्षेति भएका थिए भने संयौ किसानहरुका खेतियोग्य जमिन बगरमा परिणत भएको थियो । नेपाली कांग्रेस कालिञ्चोक गाउँपालिका समितिका सभापति अर्जुन शिवाकोटीका अनुसार यति ठुलो विपतमा थोरै भएपनि सहयोग गरेर पिडितहरुको भावनामा मलहम लगाउने प्रयत्न गरिएको सुनाए । उनले यस अघि पनि कांग्रेसले निरन्तर सहयोग गरिरहेको जनाएका छन् ।
कांगे्रस दोलखाका युवा नेताहरुको पहलमा लापिलाङ पहिरो पिडितहरुलाई २ सय २५ बोरा चामल र २० थान न्यानो कम्बल बितरण गरेका छन । नेपाली कांगे्रस कालिञ्चोक गाउँपालिका सभापति अर्जुन शिवाकोटी , युवा नेता झलक बस्नेत, कांग्रेस नेतृ बिनिता अधिकारी , समाजसेबी एवं कालिञ्चोक सरोकार समाजका पदाधिकारी दिपक खुलाल नेताहरु टेकराज शिबाकोटी , रमेश शिवाकोटी , जगदिस खरेल लगाएतले सहयोग तथा पहल गरि सामाग्रीहरु वितरण गरिएको थियो । राहत वितरण कार्यक्रममा नेपाली कांगे्रस दोलखाका पार्टी प्रबक्ता रञ्जित कुमार पाठक र जिल्ला सदस्य राजु लामा कांगे्रस ,स्थानिय कांगे्रस नेता सहदेव खड्का लगायतको उपस्थिीतीमा लापिलाङमा एक भब्य समारोहको आयोजना गरि सामाग्री वितरण गरिएको हो ।

गाउँपालिकाको वडा नम्बर ५ लापिलाङका पहिरो पीडितलाई मंगलबार काठमाडौको धापासिमा रहेको ग्राण्डी टावरमा बसोबास गर्ने ब्यक्तिहरु, कालिन्चोक गाउँपलिका बासी र बिपि अध्ययन प्रतिस्ठानको पहलमा सङ्कलन गरिएको करिब ३ लाख बराबरको खाद्यान्न सामाग्री सहयोग गरेका छन।
यस अघि नेपाली कांगे्रस दोलखाले पहिरो जाने बितिकै बिचल्नीमा परेका ५५ घरपरिवारलाई त्रिपाल,जस्ता र खाद्यान बितरण गरेको थियो । स्थानिय नेपाली कांगे्रसका नेता सहदेव खड्काको पहलमा दुईपटक पहिरोपिडित नागरिकलाई खाद्यान बितरण गरिएको नेपाली कांगे्रस दोलखाले जनाएकोछ । पूर्व मन्त्रि एवं नेपाली कांगे्रसका नेता शंकर भण्डारी ,नेपाली कांगे्रसका नेता एवं संघिय संसद जिपछिरिङ लामाले खाद्यान,नेपाली कांग्रेसका युवा नेता एवम पार्टी सचिव बालकृष्ण आचार्य पहिरो पिडितलाई माक्स र खाद्यान्न सहयोग गरेको स्थानिय कांगे्रस नेता सहदेव खड्काले बताएकाछन ।
नेकपा नेतृत्वको स्थानीय सरकारले बेवास्ता गरेको पिडितहरुले गुनासो गरेको र आफुहरुले सहयोग गरेको बताउदै कांग्रेसले थप सहयोगका लागि पनि पहल कदमी गर्ने बताइएको छ । आर्थिक वर्ष सकिएको ३ महिना पुरा हुन लाग्दा पनि गाउँशभा हुन नसकेपछि कालिञ्चोक गाउँपालिका कार्यालयले मेसिन उपकरण बाहेक अरु कुनै सहयोग नगरेको पिडितहरुले जनाएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखाको सिंगटीमा १५ सैंयाको अस्पताल उद्घाटन

shyam khatiwada

मनकारी बिमल थापा जसले विपतको समयमा बाबरे स्वास्थ्य चौकीलाई गरे औषधी सहयोग

shyam khatiwada

मेलुङका पुर्व विद्यार्थीले सम्झिए आफ्ना गुरु

shyam khatiwada
Gaurishankar Post