Gaurishankar Post
ब्रेकिंग

वडाअध्यक्ष काफ्लेद्धारा आफ्नो सुविधाको रकमले जेष्ठजनलाई न्यानो वितरण


गौरीशंकरपोष्ट
दोलखा ८ माघ

तामाकोशी गाउँपालिका वडा नम्वर १ भिरकोटका वडाअध्यक्ष महेश्वर काफ्लेको आर्थिक सहयोगमा वडा नम्वर ७ हावाँमा ज्याकेट वितरण गरेका छन् ।
आफुले पाउँने तलव भक्ता बापत आएको रकमबाट पालिकाको सवैभन्दा उच्च ठाउँ हावाँमा रहेका जेष्ठ नागरिक,अपाङग र एकल महिलाको लागि चिसोबाट बच्न सहजता होस् भन्ने हेतुले ज्याकेट वितरण गरिएको हो ।
नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघका पुर्व महामन्त्रि कुन्दन राज काफ्लेको प्रमुख आतिथ्यतामा भएको ज्याकेट वितरण कार्यक्रममा ३०० जनालाई वितरण गर्ने योजना भएपनि हाल २५० जनालाई वितरण गरिएको वडा अध्यक्ष काफ्लेले बताउँनुभयो ।
साथै सोही अवसरमा नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्धको विरोध सभा गरेको छ । विरोध सभा कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोध गरेको जनाइएको छ । कार्यक्रममा नेपाली कांगे्रस दोलखाका जिल्ला पार्टी सचिव दोय सन्तोष रिमाल र बालकृष्ण आचार्य, संगठन विभाग प्रमुख भवेन्द्र कार्की नेपाली काग्रेसका महिला नेतृ श्रृजना सुवेदी लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

केन्द्र विवादको समस्या पहिलो बैठकबाट समाधान गर्छौंं ,- गठबन्धन उम्मेद्वार कालिञ्चोक

shyam khatiwada

समाजसेवी उप्रेतीद्धारा रत्नराज्य स्कुलमा खोलिएको आइसुलेसन वार्डलाई ५० हजार सहयोग

shyam khatiwada

घोक्सिला समाज र हिमालय सिमापार वाणिज्य संघद्धारा भीनपा ५ का जेष्ठ जनलाई सिरक वितरण

shyam khatiwada
Gaurishankar Post