Gaurishankar Post
वाग्मती स्वास्थ्य

वडा सचिब दाहालद्धारा कोरोना महामारीमा अस्पताललाई २ थान अक्सिजन सहयोग

विकास खड्का, दोलखा ३ जेठ,,
दोलखाको भीमेश्वर नगरपालिका वडा न. ७ मा कार्यरत वडा सचिब ॠषी प्रसाद दाहालले सामुदायिक अस्पताल दोलखालाई २ थान अक्सिजन सिलिण्डर सहयोग गरेका छन् ।
अक्सिजन नपाएर मुलुकमा सयौं मानिसहरुले अकालमा ज्यान गुमाएका घटनाहरु सार्वजनिक भैरहँदा वडा सचिब दाहालले दोलखामा पनि त्यस्तो अवस्था नआओस भन्ने उद्देश्यले अक्सिजन सहयोग गरेका हुन् ।
दाहालले अक्सिजन सिलिण्डर खरिद गरि अस्पताललाई बुझाएको सामुदायिक अस्पताल दोलखाका अध्यक्ष अर्जुन बुढाथोकीले जानकारी दिए । दाहालजस्तै सबै मनकारीहरुले यसैगरि सहयोग गर्ने हो भने जिल्लामा अक्सिजन संकट नहुने जिल्ला संकट व्यवस्थापन समितिले जनाएको छ । दाहाल भिमेश्वर नगरपालिका ७ मकैबारीका स्थायी बासिन्दा हुन् । हाल उनि सोही वडाका सचिबको जिम्मेवारीमा छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

जुम्लाया बच्चाको सामान्य तरिकाले प्रसुती गराउन सफल

sanjeet

भीरबाट खसेको ढुंगाले घर थिच्दा दोलखाको सिंगटीमा एक महिलाको मृत्यु

shyam khatiwada

दोलखा महोत्सब सुरु , उपप्रधान तथा भौतीकपुर्वाधार मन्त्री श्रेष्ठद्धारा उद्घाटन

shyam khatiwada
Gaurishankar Post