Gaurishankar Post
देश पर्यटन फिचर न्युज स्वास्थ्य

विदेशबाट दैनिक २५ सय नेपालीको उद्धार गर्ने तयारी

विदेशमा समस्यामा परेका नेपाली श्रमिक, विद्यार्थी र अन्य नागरिकलाई स्वदेश फर्काउन दैनिक १० वटासम्म उडान व्यवस्थापन गरिने भएको छ । त्यसो गर्दा कम्तीमा दिनमा २५ सय नागरिक विदेशबाट काठमाडौं उत्रिनेछन् ।

संसदमा उद्योग वाणिज्य आपूर्ति तथा श्रम तथा रोजगार समिति बैठकमा सरकारले यस्तो आँकडा पेश गरेको हो ।

समितिले तत्कालै नेपालीहरुलाई स्वदेश फर्काउने प्रक्रिया थाल्न र विभिन्न देशका विमानलाई नेपाली नागरिक ल्याउनका लागि उडान अनुमति दिन सरकारलाई निर्देश गरेको छ ।

श्रम गन्तव्य मुलुकबाट समस्यामा परेका कामदार स्वदेश ल्याउन जुन ५ बाट उडान थाल्ने तयारी थियो । सबैको विवरण संकलन गर्न बाँकी रहेकाले जुन ८/१० भित्रमा चार्टर उडान शुरु हुने समितिमा सरकारले जानकारी दिएको छ ।

विदेशमा रहेका नेपाली कामदार स्वदेश ल्याउँदा दैनिक १० वटा उडान व्यवस्थापन गर्नुपर्ने कुरा समितिमा आएको समितिका सदस्य एलपी साँवा लिम्बुले बताए ।

विमानस्थलमा उत्रिएपछि उनीहरुलाई प्रदेशगत रुपमा होल्डिङ सेन्टरमा राखेर क्वारेन्टाइनमा पठाइनेछ ।

आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्न चाहनेलाई तोकिएका होटलमा पठाइने र अन्यलाई प्रदेशको समन्वय गर्ने मन्त्रीको संयोजनमा गाडीमार्फत आ–आफ्ना जिल्ला र स्थानीय तहमा पठाइने समितिमा श्रममन्त्री रामेश्वर रायले जानकारी गराएका छन् ।

उनीहरु सम्बन्धित स्थानीय तहमा गएर १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने र त्यसपछि पीसीआर परीक्षण गरेर घर पठाइनेछ । सरकारले बनाएका क्वारेन्टाइनमा बस्नेहरुको सबै व्यवस्था सरकारले नै गर्ने तर होटलमा बस्नेले आफ्नै खर्च गर्नुपर्ने सांसद लिम्बुले बताए ।

सरकारले तत्कालै कति नेपालीलाई विदेशबाट उद्धार गर्नुपर्ने भन्ने तथ्यांक संकलन गरिरहेको छ । यो संख्या ठूलै भए पनि श्रम गन्तव्य मुलुकहरुबाट भने अधिकांश कामदारको फिर्ता टिकट कम्पनीले नै दिने र सोही देशका विमान चार्टर गरेर पठाउने जानकारी प्राप्त भएको सांसद लिम्बुले जानकारी दिए ।

उनले भने ‘अधिकांश श्रम गन्तव्य मुलुकले नेपाली कामदारलाई उनीहरुकै विमानबाट ल्याइदिने सम्भावना छ । भिसा सकिएका र कम्पनीका काम नभएका कारण बेरोजागर बनेकालाई रिटर्न टिकट रोजागारदाताले नै दिन्छन् । केही अवैध ढंगले बसेका, भिजिट भिसामा गएकाहरुको मात्र नहुने हो ।’

याे पढ्न छुटाउनु भयाे की ?

सहुलिएत कर्जा प्रर्वाहा नगर्ने बैंकलाई कार्बाही गरिने डेपुटी गभर्नर शिवाकोटी

shyam khatiwada

माथिल्लो तामाकोसीको डिसेण्डर बेसिनमा पानी भर्न सुरु, दोलखा कांग्रेसको बिरोध

shyam khatiwada

सरकारी अस्पतालमा महंगो शुल्क लिएको भन्दै नागरिक समाजको विरोध

shyam khatiwada
Gaurishankar Post