दोलखा २२ जेठ,,
शिक्षक अभाबका कारण पठनपाठन बन्द भएको र व्यवस्थापन र प्रशासनले चरम राजनीति गरेको भन्दै सारदा मावि बुलुङका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।
दोलखाको विगु गाउँपालिकास्थित वडा नम्बर ३ बुलुङमा रहेको सारदा माध्यमिक विद्यालयमा लामो समयदखि विषयगत शिक्षक नभएको र विद्यालय प्रशासन तथा व्यवस्थापन विद्यालयमा लज्जास्पद राजनीतिमा सकृय भएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन । तिन महिना अघिदेखि विषयगत शिक्षक अभाब भएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । कक्षा १ देखि १० सम्म सञ्चालनमा रहेको सारदा माविमा दुई सय हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । विद्यालयको नेतृत्व लामो समय देखि प्रावि शिक्षक बालकृष्ण ठकुरीले गरिरहेका छन् भने व्यवस्थापनको नेतृत्व स्थानीय कृष्ण खड्काले गरेका छन् । उनिहरुले विद्यालयलाई निकास दिन नसकेको र सर्वसाधरणका छोराछोरीको भविश्य अन्योलमा पारेको स्थानीय अविभाबकहरुको गुनासो छ । बुलुङ स्थायी घर भई अनेरास्ववियूको नेतृत्व गरिरहेका विद्यार्थी नेता पुष्पक केसीले सारदा माविमा हदैसम्म लापरवाही भएको बताएका छन् । उनले व्यवस्थापन समिति र प्रधनाध्यापक दुबैलाई तत्काल कारबाही गरी नयाँ नेतृत्व स्थापना नगरेसम्म विद्यालयको अवस्था परिवर्तन नहुने जिकिर गरेका छन् । उनले तत्काल दुबैलाई निलम्बन गरी छानविन प्रकृया अघि बढाउन र विषयगत शिक्षकको व्यवस्था गर्न स्थानीय तह तथा मातहतका निकाय समक्ष माग गरेका छन् । सोमबार विद्यार्थीहरुले पुरै कक्षा बहिस्कार गर्दै नाराबाजी तथा प्र.अ. र व्यवस्थापन समिति अध्यक्ष बिरुद्ध बिरोध जनाएका छन् । माग पुरा नभए यथास्थितीमा कक्षामा नफर्किने उनिहरुको तयारी छ ।
जिल्लाका तिन विद्यार्थी संगठनको ध्यानाकर्शण ,विद्यार्थीको माग पुरा नगरे सशक्त आन्दोलन गर्ने चेतावनी
दोलखामा सकृय तिन वटा विद्यार्थी संगठनले सोमबार संयुक्त विज्ञप्ती जारी गर्दै तत्काल विद्यालयको समस्या समाधान गर्न अपिल गरेका छन् । उनिहरुले शिक्षा क्षेत्रमा घृणित राजनीति गर्नेलाई कारबाहीको माग गर्दै यथाशिघ्र विद्यार्थीको पढ्न पाउने अधिकारको शुनिस्चितताको माग गरेका छन् । कांग्रेस निकट नेवि संघ दोलखाका अध्यक्ष सौगात थापा , नेकपा एस निकट अनेरास्वब्यूका जिल्ला अध्यक्ष पुष्पक केसी र एमाले निकट अनेरास्वब्यु का सहसंयोजक आर.सी. के.सी. द्धारा हस्ताक्षरित विज्ञप्तीमा तत्काल समस्या समाधान नभए उत्पन्न परिस्थितीको जिम्मा विद्यालय प्रशासन र मातहतका निकायले लिनुपर्ने जनाइएको छ । यस विषयमा गौरीशंकर पोष्टले विद्यालयको प्रतिक्रिया लिन पटक पटक टेलिफोन सम्पर्क गर्ने प्रयत्न गरेपनि सम्पर्क हुन सकेको थिएन ।
हेर्नुहोस तिन विद्यार्थी संगठनको संयुक्त विज्ञप्ती