Gaurishankar Post
देश

वीरगञ्जमा हुण्डीको २८ लाखसहित तीन जना पक्राउ

पर्सा प्रहरीले स्रोत नखुलेको रु २८ लाख २८ हजार हुण्डीको रकमसहित तीन जनालाई पक्राउ गरेको छ।
पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालका अनुसार, हुण्डी कारोबारमा संलग्न रहेको आशङ्कामा पकाहामैनपुर गाउँपालिका–२ का अनिल वर्णवालाई रु ९ लाख ४७ हजारसहित र वीरगञ्ज महानगर आदर्शनगरबाट वडा नं ३ का विनितकुमार श्रीवास्तवलाई रु १५ लाख ८१ हजारसहित पक्राउ गरिएको छ।

त्यसैगरी, बाराको परवानीपुर गाउँपालिका–४ का स्थायी बासिन्दा दीपककुमार सोनारलाई रु ३ लाखसहित पक्राउ गरिएको हो। अभियुक्तहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को ९क० बमोजिम ९हुण्डीसम्बन्धी कारोबार गर्न नहुने० कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको छ।

याे पढ्न छुटाउनु भयाे की ?

एक्जिम बैंकले जिम्मा लिएको दोलखाका ४६ गुम्बाको पुनर्निर्माण हुन सकेन

shyam khatiwada

हिमाली गाउँ बेदिङ को समस्या समाधान गर्न गृह मन्त्रालय पुगे कांग्रेस नेता शिवाकोटी

shyam khatiwada

कोभीडका कारण दोलखामा एक महिलाको मृत्यु , संक्रमितको संख्या २ सय २३ पुग्यो

shyam khatiwada
Gaurishankar Post