Gaurishankar Post
स्वास्थ्य

शहिद स्मृति आयूर्बेद अस्पतालको तेस्रो बार्षिक साधारण सभा सम्पन्न

६ असाेज, काठमाणडाै / आशिष प्रधान

शहिद स्मृति आयूर्बेद अस्पताल र लायन्स कल्ब अफ काठमाडौं शहिद स्मृतीको संयुक्त आयोजनामा शहिद स्मृति आयूर्बेद अस्पतालको तेस्रो बार्षिक साधारण सभा सोमबार बेभिनार कार्यक्रम गरि सम्पन्न भएको छ ।

स्वस्थ जीबनशैली बिषयको वेभिनार कार्यक्रममा बरिष्ठ आयूर्बेद चिकित्सक डा.प्रकाश ज्ञवाली र मनोबिद् एवं न्यूट्रेसिएन आदर्श प्रधानले प्रस्तुती दिनुभएको थियो । प्रमुख अतिथी लायन्स क्लब्स इन्टरनेशनल नेपालका गर्भनर शम्भु नकर्मीले लायन्स क्लब र अस्पतालको आयोजनामा भएको कार्यक्रम अहिलेको समयमा अत्यन्त आबश्यक भएको साथै डिस्ट्रिक्टले सधै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

अस्पतालका निर्देशक एवं लायन्स कल्ब अफ काठमाडौं शहिद स्मृतीका अध्यक्ष कल्याण भण्डारीले अस्पतालको तेस्रो बार्षिक साधारण सभाको अबसरमा ६० बर्ष भन्दा माथिको जेष्ठ नागरीकहरुलाई, लायन्स र लियो क्लबका सदस्यहरुलाई, गरिब निसहाय ब्यक्तिहरुलाई ओपिडि शुल्क निशुल्क गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा डिस्ट्रिक्ट र्कोडिनेटर आर.एस महतो, भोजराज न्यौपाने, एरिया चिफ अमर ज्योती रन्जित लगायतले मन्तब्य दिनुभएको थियो । कार्यक्रमको संचालन हरि प्रसाद मैनालीले गर्नुभएको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

यी हुन् चरिकोट अस्पताल कि बिशिस्ट नर्स जसले सल्यक्रिया मा सहयोग गर्छिन:

sanjeet

दोलखाको च्छो–रोल्पा अस्पतालमा“ट्रमा युनिट” सञ्चालन

shyam khatiwada

लिखु तामाकोसी गाउँपालिकाका विद्यालयहरुलाई स्वास्थ्य सामाग्री सहयोग

shyam khatiwada
Gaurishankar Post