Gaurishankar Post
ब्रेकिंग वाग्मती स्थानीय समाचार

शैलुङका जनप्रतिनिधिको ४० लाख पारिश्रमिक विपत तथा कोरोना कोषमा


श्याम खतिवडा
दोलखा १४ असार

दोलखाको शैलुङ गाउँपालिकाका ४२ जना जनप्रतिनिधिले आफ्नो पारिश्रमिक वापतको ४० लाख रकम गाउँपालिकाको विपत तथा कोरोना रोकथाम कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।
२ दिन अघि सम्पन्न गाउँ सभा मार्फत गाउँपालिकाका सबै जनप्रतिनिधिले आठ महिनाको तलब, भत्ता, सेवा सुविधा सबै गाउँपालिकाको विपत तथा कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् । गाउँपालिका अध्यक्ष भरत दुलालले कार्यपालिकामा लामो छलफल र परामर्शपछि मात्रै उक्त प्रस्ताब गाउँशभामा लगिएको बताए । शैलुङका आठ ओटा वडामा निर्वाचित र मनोनित गरि सबै तहका ४२ जना जनप्रतिनिधि छन । उनिहरु सबैको ८ महिनाको पारिश्रमिक लगाएतका अन्य सबै सुविधा बापतको ४० लाख रकम विपत तथा कोरोना कोषमा राख्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ । जनप्रतिनिधिले स्थानीय तहको निर्वाचन लगत्तै जेठ र असार महिनाको सुविधा लिएका थिएनन् । गाउँपालिकाको लेखा शाखाका अनुसार सुरुको २ महिना र २०७६ को कात्र्तिकदेखी चैत सम्मको ६ महिना गरि ८ महिनाको माशिक ५ लाखका दरले हुन आउने ४० लाख कोषमा जम्मा गर्ने भएका हुन् ।

अदालतले यस अघि जनप्रतिनिधिलाई तलब सुविधा नदिन अदालतले आदेश दिएपछि वागमती प्रदेश सभाले प्रदेश भरीका जनप्रतिनिधिलाई तलब भत्ता नभई सुविधाका नामबाट पारिश्रमिक दिने कानुन पास गरेपछि यो प्रदेश भरीका स्थानीय तहका जनप्रतिनिधिले सेवा सुविधाका नामबाट उक्त रकम बुझ्दै आएका छन् ।
२० लाख थप गरी ६० लाखको कोष निर्माण हुने
शैलुङगाउँपालिका अध्यक्ष भरत दुलालले पालिकाले स्थापना गरेको विपत तथा कोरोना कोषमा २० लाख थप गरि ६० लाख बनाउने लक्ष्य रहेको सुनाए । उनले उक्त रकम महामारी नियन्त्रण सँगै अन्य विपतजन्य गतिविधिमा खर्च गर्न कार्यविधि बनाएर अघि बढ्ने बताएका छन् । अध्यक्ष दुलालले थप २० लाख बजेटका लागि संघ र प्रदेश सरकारसँग समन्वय गर्ने जनाएका छन् । उनका अनुसार गाउँपालिकाले स्थापना गरेको कोषको रकम संक्रमित, तिनिहरूको परिवार, संक्रमणको जोखिम साथै अफ्ठेरोमा परेका नागरिकहरूलाई प्राथमिकतामा राखेर कोरोना नियन्त्रण तथा रोकथामका निम्ती खर्च गरिनेछ ।
सैलुङ गाउँपालिकाले यस अघि कोरोना नियन्त्रण तथा रोकथामका लागी गरेको खर्चको हरहिसाब सार्वजनिक गरेको छ । चैत देखी असार ६ गते सम्म भएको ३८ लाख ९९ हजार रुपैयाँ बराबरको खर्च विवरण गाउँ कार्यपालिका कार्यालयले सार्वजनिक गरेको हो । उसको विवरण अनुसार क्वारेन्टाईन व्यवस्थापनका लागी १७ लाख ८४ हजार, पालिकाभरका स्वास्थ्य चौकीहरूमा सामग्री खरिद वापत नौ लाख, लकडाउनका बखत सबै वडाहरूमा राहत वितरण वापत आठ लाख, सुरक्षार्थ खटिने प्रहरीका चौकीहरूलाई अनुदान वापत एक लाख ७५ हजार, प्रत्येक वडामा सामान ढुवानीवापतको रकम एक लाख ६० हजार साथै अरडिटि परीक्षण, भ्रमण खर्च ८० हजार भएको उल्लेख छ । खर्च विवरणमा के के सामन खरिद गरेको उल्लेख छ ।
उक्त रकम गाउँपालिकाको आन्तरिक श्रोतबाट ३१ लाख र प्रदेश सरकारबाट आएको १० लाख गरेर ४१ लाखको कोष खडा गरी खर्च गरिएको पालिकाले जनाएको छ ।
फाइल तस्बिर
शैलुङ गाउँपालिका कार्यालय दोलखा ।

याे पढ्न छुटाउनु भयाे की ?

कांग्रेसको शुवेच्छुक संस्था समन्वय बिभागको विज्ञ सदस्यमा दोलखाका नेता शिवाकोटी नियुक्त

shyam khatiwada

सुनसरीका समाजसेवी भट्टराईले चितवनमा गरे सहयोग

shyam khatiwada

माथिल्लो तामाकोसी आयोजनाका कर्मचारीको आन्दोलन फिर्ता

shyam khatiwada
Gaurishankar Post