Gaurishankar Post
नेपाल समाचार ब्रेकिंग

संस्कृतिविद् डा. जगमान गुरुङ नेपाल ऋषी उपाधिबाट सम्मानित

दोलखा १५ जेठ

संस्कृतविद् डा. जगमान गुरुङलाई नेपाल ऋषीको उपाधिले सम्मान गरिएको छ ।

दोलखास्थित चरणावती त्रिवेणीधाम विकास तथा प्रवद्र्धन संघले डा. गुङलाई नेपाल ऋषीको उपाधिले सम्मान गरेको हो ।

त्रिवेणी धाम भएको श्रीमद्देवी भागवत् नवाह ज्ञान महायज्ञमा डा. गुरुङलाई संघले उक्त उपाधिबाट सम्मान गरेको हो । उनी यसघि उज्ज्वल कीर्तिमाय राष्ट्रदीप द्वितीय श्रेणी र सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणीबाट विभूषित भइसकेका छन् । उनलाई इतिहास, धर्म, दर्शन, संस्कृति, भाषा, सहित्य तथा कला वास्तुकलाको ज्ञाता मानिन्छ । महायज्ञको मुख्य वाचकका रुपमा संस्कृतविद् विदुषी प्राध्यापक डा. कान्ता भट्टराई सहभागि थिइन् । महायज्ञको सुरुवात भने डा. गुरुङले नै गरेका थिए । महायज्ञ गत ७ जेठबाट सुरु भएर १५ जेठमा समापन भएको थियो । चर्णावती धामस्थित ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन सञ्चालन गर्ने उद्येश्यले महायज्ञ लगाइएको थियो । महायज्ञमा एक करोड रुपैयाँ नगद र बाँकी एक करोड जिन्सी भेटीका रुपमा संकलन भएको समाजसेवी सोभित उप्रेतीले बताए । महिला तथा बालबालिका मन्त्रालय अन्तर्गत प्राप्त झण्डै तीन करोड रुपैयाँको लागतमा संघले धाममा ज्येष्ठ नागरिक सेवा केन्द्रका आवश्यक भवन बनाइसकेको छ । भवनमा १६ वटा आवास कोठा, सुविधा सम्पन्न भान्सा कोठा, तीन वटा सभा हल, पाँच वटा शौचालय बनेका छ । दोलखा शैलुङ गाउँपालिका वडा नम्बर ७ चर्नावती धामस्थित चर्नावती सामुदायिक बनको ४० रोपनी खाली पर्ती जग्गामा भवन निर्माण गरिएको छ । चर्नावती धाममा त्रेतायुगमा राम–सिताको पाइला परेको जनविश्वास छ । बनवासमा रहेका बेला आयोध्याबाट राम–सिता चर्नाणती आएका थिए । बनवासका बेला राम–सिताले खाना पकाउने गरेको चुल्हो अझै पनि धाममा सुरक्षीत रहेको छ । त्यस्तै, चामलको चौलानी बगाएको खोला, सिताको पाइला परेको ढुंगा पनि धाम रहेको स्थानीयको भनाई छ । त्यस्तै, चर्नावती धामलाई श्रृङ्गी ऋषीको वासस्थानका रुपमा पनि चिनिन्छ । त्रेता युगामा राजा रामको राज्यभिषेकका बेला श्रृङ्गी ऋषीले अयोध्या लगिएको थियो । त्यसबेला ऋषी अधेरी खोलाको शिरमा तपश्या गरिरहेका थिए । पछि उनको तपश्य स्थल हेर्न राजा राम र सिता चर्नावती आएको र सोही धाममा बास बसेको किंवदन्ती छ ।

याे पढ्न छुटाउनु भयाे की ?

बैदेशिक रोजगारीमा जाँदा हात गुमाएका थामीलाई पिसानी मिल सहयोग

shyam khatiwada

आयुर्वेद चिकित्सालय दोलखामा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको बजेट अनियमितता

shyam khatiwada

विद्यालाई नारायणकाजीले भेटेकोबारे माओवादी पार्टीलाई जानकारी छैन, एमालेसँग एकता सम्भव छैन

shyam khatiwada
Gaurishankar Post