Gaurishankar Post
ब्रेकिंग स्थानीय समाचार

समाजसेवी उप्रेतीद्धारा रत्नराज्य स्कुलमा खोलिएको आइसुलेसन वार्डलाई ५० हजार सहयोग


जेठ १६ काठमांडौं,,
समाजसेवी एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय कार्यसम्पादन समिति सदस्य सोभित उप्रेतीले कोरोना महामारीको समयमा बिरामी उपचारका लागि रत्नराज्य स्कुलमा तयार गरिएको आइसुलेसन वार्डलाई नगद ५० हजार रकम सहयोग गरेका छन् ।
दोलखाको शैलङु गाउँपालिका स्थायी घर भई हाल राजधानी काठमाडौं बस्दै आएका उप्रेतीले कोभिड महामारीको नियन्त्रणका लागि रत्नराज्य स्कुलमा निर्माण भएको आइसुलेसन वार्डलाई नगद ५० हजार रकम सहयोग गरेका हुन् । कोभिड संक्रमितको संख्या दिनानुदिन वृद्धी भैरहेका बेला रत्नराज्य स्कुलमा स्थानीय हन्ड्रेडस ग्रुपले सञ्चालन गरेको आइसुलेसन वार्डमा समाजसेवी उप्रेतीले नगद सहयोग गरेको अभियान्ता दिपेन्द्र श्रेष्ठले बताएका छन् । अभियान्ता श्रेष्ठले आफ्नो सामाजिक सञ्जालमा आइसुलेसन सम्बन्धि अपिल गरेका छन् । उप्रेतीले उपलब्ध गराएको नगद काठमाण्डौ १० का वडाअध्यक्ष रामकुमार केसीको रोहबरमा हन्ड्रेडस ग्रुपकी प्रतिनिधि अनमिका अर्याललाई हस्तान्तरण गरिएको छ ।
समाजसेवी उप्रेतीले वर्षाैं देखि थुप्रै सामाजिक कामहरु गर्दै आएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखाको बोचमा सरकारी कार्यालय भित्रै मदिराको भट्टी

shyam khatiwada

लम्पी स्किनका कारण दोलखामा ६ सय ९६ पशु मरे, १९ हजार ६ सय पशुचौपायमा संक्रमण

shyam khatiwada

चिनिया कम्पनी अज एस्किलपियसले उपलब्ध गराएको सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर सिपिसी मार्फत नेपाल भित्रीयो

shyam khatiwada
Gaurishankar Post