Gaurishankar Post
अर्थ र बाणिज्य नेपाल समाचार

सय दिनभित्र निर्यातलाई जोड दिने गरी धारणा ल्याउँछौँ : अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघले निर्यात व्यवसायलाई अर्थतन्त्रको इन्जिनको रूपमा विकास गर्ने गरी आफ्नो दृष्टिकोण तयार गर्ने जनाएको छ । 

महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको प्रमुख इन्जिनको रूपमा निर्यात क्षेत्रलाई विकास गर्ने गरी महासंघले आफ्नो दृष्टिकोण निर्माण गर्ने बताएका हुन् । 

निर्यात व्यवसायी महासंघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई एवं शुभकामना प्रदान गर्न मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले अबको एक सय दिनभित्रमा स्पष्ट दृष्टिकोण ल्याउने बताए । 

अहिले अर्थतन्त्रको इन्जिनको रूपमा रेमिट्यान्स मात्र रहेको र कुनै पनि वेला रेमिट्यान्समा कमी आउँदा देशको अर्थतन्त्र नै भत्किने सम्भावना भएकाले अर्को इन्जिनको रूपमा निर्यात क्षेत्रलाई प्रोत्साहन गरिने बताए । 

त्यसका लागि निर्यातजन्य उद्योग व्यवसायको कस्ट अफ फन्ड घटाउने विषयमा सरकारसँग महासंघले पहल गर्ने बताए । 
निर्यात व्यवसायमा सरकारबाट इन्सेन्टिभ कम भएकाले पनि निर्यात प्रवर्द्धनमा समस्या देखिएको अध्यक्ष गोल्छाको भनाइ छ ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यातलाई प्रवर्द्धन गर्न नसक्नुको कारण नीतिगत व्यवस्थामा भएको कमजोरी नै रहेको बताए । 

अहिलेभन्दा ३० वर्ष पहिला नेपालको निर्यातको अवस्था आयातको तुलनामा धेरै नै राम्रो भएकोमा अहिले क्रमशः घट्दै गएकोले पनि समस्या देखिएको बताए । 

त्यसैले महासंघले निर्यात प्रवर्द्धनका लागि नीतिगत सुधार गर्न सरकारसमक्ष सक्रिय रूपमा माग राख्ने बताए । 

कार्यक्रममा उद्योगी–व्यवसायीहरूले महासंघको गरिमालाई तलमाथि गरेर उदाउँदो निजी क्षेत्रको शिर झुकाउने काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

निर्वाचनअगाडि भएका प्यानल निर्वाचनको नतिजासँगै समाप्त भएकाले पनि अब एक भएर समग्र निजी क्षेत्रको हितमा काम गर्ने उनीहरूको भनाइ छ ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखामा ६० हजार ७ सय घरको पुनर्निर्माण , १८ अर्ब ४४ करोड खर्च

shyam khatiwada

च्छो–रोल्पा अस्पतालमा नियमति हाडजोर्नी विशेषज्ञ सेवा

shyam khatiwada

दोलखामा नामसालिङको ४ वर्षे समिक्षा, कालिञ्चोकमा उल्लेख्य प्रगति भएको निष्कर्श

shyam khatiwada
Gaurishankar Post