Gaurishankar Post
राजनीति

सहकारीको बचत लुटेर भागेका १८ जनालाई सम्पर्कमा ल्याउन छानबिन समितिको निर्देशन

सहकारीकाे बचत दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले रकम अपचलन गरी फरार १८ जनालाई सम्पर्कमा ल्याउन सरकारलाई निर्देशन दिएको छ।

सोमबार बसेको समितिको २३औँ बैठकले सहकारीको बचत दुरुपयोग, अपचलन र ठगीमा संलग्न भई फरार रहेका १८ जनाको नाम सार्वजनिक गर्दै उनीहरूलाई समितिको सम्पर्कमा ल्याउन सरकारलाई निर्देशन दिने निर्णय गरेको हो। 

समितिले साेमबार गृहमन्त्री रमेश लेखक, गृहसचिव एकनारायण अर्याल,  प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र प्रहरी नायब महानिरीक्षक जनक भट्टराईसँग छलफल गरेको थियो। बैठकमा गृहमन्त्री लेखकले समितिले विधिवत् रूपमा गरेको अपेक्षा र निर्देशनलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले समितिलाई कार्यसम्पादनमा सरकारले सम्पूर्ण रूपमा सघाउने, बचतकर्ताको बचत दुरुपयोग रोक्ने, फिर्ता पाउने अवस्था सिर्जना गर्ने र पीडितहरूले न्याय पाउने अवस्थामा केन्द्रित भई आउने सुझावलाई सरकारले कार्यान्वयन गर्न कुनै कसर बाँकी राख्ने प्रतिबद्धतासमेत जनाएका छन्।

याे पढ्न छुटाउनु भयाे की ?

तरुण विभागको केन्द्र र प्रदसे समितिमा दोलखाका ६ जना युवा नेताहरु मनोनित

shyam khatiwada

दोलखामा गठबन्धनले भारी अन्तरले निर्वाचन जित्दैछौं – कांग्रेस नेता तारा खड्का

shyam khatiwada

महाँलक्ष्मी नगरको उपप्रमुखमा कांग्रेस नेतृ खनियालाई अघि सार्ने कांग्रेसको तयारी

shyam khatiwada
Gaurishankar Post