वृद्धभत्ता बापतको १२ हजार पैसाका लागि ७५ वर्षिया वृद्ध महिलाको विभत्स हत्या
श्याम खतिवडा
दोलखा १४ साउन
भनिन्छ साँझका पाहुना देवता सरह हुन् , अर्थात साँझमा बास माग्न आउने पाहुनालाई बस्न दियो भने ठुलै पुण्य प्राप्त हुन्छ भन्ने किंबदन्ती समाजमा अझैपनि कायमै छ । तर यो किंबदन्ती ठिक उल्टो भएर दोलखाको कालिञ्चोक गाउँपालिका ६ की एक वृद्ध महिलाले साँझका पाहुनालाई बास दिँदा पुण्य होइन राक्षसी स्वभावको महाँकालको सिकार हुनुपरेको छ ।
जिल्लाको कालिञ्चोक गाउँपालिका ६ पाटागाउँकी ७५ वर्षिया पदमकुमारी सुनुवार साउन ९ गते साँझ अन्दाजी ८ बजेतिर आफ्नै कटेरो वरिपरि रुमल्लीदै थिइन् । बेलुकीको खाना पकाएर खाइसकेकी उनि सुत्ने तरखर गर्दै थिइन् । यत्तिकैमा टर्च लाइट बालेर एक जना युवा उनको एकतले झुप्रो घरमा टुप्लक्क आइपुग्यो । आमा के गर्दै हुनुहुन्छ ? भन्दै छिडिँको पर्खालमा टुसुक्क बसेर गफिन थाल्यो, उसले आफु पारी नर्मी गाउँको भएको र लास्ट टिप बसमा सिसागोलाई ओर्लिएर हिढ्दै यो छोटो बाटो घर जाउँ भनेको रात प¥यो भन्दै दुख बिसाएपछि एकाएक दया भावले पदमकुमारीले यति राति कसरी जान्छौ त भन्दै प्रश्न गरिन । नर्मिमा उनका आफन्त समेत भएकाले ति युवकलाई नजिक ठानेकी पदमकुमारीलाई जवाफमा उसले आउँदा आउँदै रात प¥यो तपाइकोमा बास पाइदैन होला भनेपछि साँझका पाहुना भगवान जस्तै हुन भन्ने सोचेर बास दिने निधो गरिन् ।
त्यसपछि सुतेका विक्रमको मनमा आमै सँग भएको १२ हजार लिने नाममा थुप्रै अपराधहरु गुन्जिन थाले । उक्त रकम लिन उनले पदमकुमारीलाई मार्ने योजना बनाए । बिक्रम सुतेको सिरानमा एउटा खुकरी थियो त्यही खुकुरी बोकेर पल्लो कोठामा गएको बिक्रमले ढोका लात्तिले हानेर फुटाए त्यसपछि ति वृद्धाको कपालमा समातेर एक खुकुरी हाने त्यसपछि पदमकुमारी चिच्याइन , रातिको अन्दाजी १२ बजेको समय , बाहिर अबिरल बर्षा जस्ताको छानोमा चिच्याएकी उनको आवाज कसैले पनि सुनेन । त्यसपछि लगातार खुकरी हानेपछि उनको प्राण गयो ।पदमकुमारीको ज्यान गएपछि एकाएक आँत्तिएका ति युवाले पैसा खोज्ने आँट गरेनन् । त्यसपछि झोला बोकेर भागेको प्रहरीसँगको बयानमा बताएका छन् । पदमकुमारीको सिरानीमा रहेको पैसा त्याहीँ भेटिएको छ । रातको अन्धकार समयमा भाग्दा कुकुर भुकेको र घरमुनीको सिस्नुको झाडीमा उनको झोला समेत झरेको थियो ।
ति पाहुना थिए कालिञ्चोक गाउँपालिका ४ नर्मि गाउँका २३ वर्षिया बिक्रम कार्की । रातिको बेला भएकाले पदमकुमारीले भीत्रै बसौं भनि भान्सा कोठामा लगेर आफुले खाना खाइसकेको तिमी के खान्छौ भन्दा ति युवाले आफुले काठमांडौबाट दुइ प्याकेट टुपिएम चाउचाउ ल्याएको र त्यही पकाउनु तपाँइ पनि खानुस मलाई पनि त्यही हुन्छ भनेका थिए । प्रहरीसँगको बयानमा बिक्रमले आमाले म खान्न तिमी मात्रै खाउ मैले खाइसके भनेपछि एक प्याकेट चाउचाउ पकाएर उनलाई दिइन् । चाउचाउ पाक्ने समयसम्म उनिहरुबिच धेरै संवाद भएको थियो । बिक्रमले चाउचाउ पाकुन्जेल वृद्ध भत्ताको बारेमा चासो गरेको र उनले ९ महिनाको खाइसकेको र बाँकी ३ महिनाको अस्ती असार ३१ गते नेपाल बैंक सिंगटीबाट लेर आकी छु त्यसैले नुन तेल खान्छु भनेपछि त्यही १२ हजारको मोहले बिक्रमको मनमा अपराध पलाउँदै गएको बयानमा उल्लेख गरेका छन् । चाउचाउ खाएपछि त्यही कोठामा पदमकुमारीले ओछ्यान बनाइदिएर सुत्न भनिन र उनि आफु सुत्ने अर्को कोठामा गएर सुतिन् । त्यसपछि सुतेका विक्रमको मनमा आमै सँग भएको १२ हजार लिने नाममा थुप्रै अपराधहरु गुन्जिन थाले । उक्त रकम लिन उनले पदमकुमारीलाई मार्ने योजना बनाए । बिक्रम सुतेको सिरानमा एउटा खुकरी थियो त्यही खुकुरी बोकेर पल्लो कोठामा गएको बिक्रमले ढोका लात्तिले हानेर फुटाए त्यसपछि ति वृद्धाको कपालमा समातेर एक खुकुरी हाने त्यसपछि पदमकुमारी चिच्याइन , रातिको अन्दाजी १२ बजेको समय , बाहिर अबिरल बर्षा जस्ताको छानोमा चिच्याएकी उनको आवाज कसैले पनि सुनेन । त्यसपछि लगातार खुकरी हानेपछि उनको प्राण गयो ।
पदमकुमारीको ज्यान गएपछि एकाएक आँत्तिएका ति युवाले पैसा खोज्ने आँट गरेनन् । त्यसपछि झोला बोकेर भागेको प्रहरीसँगको बयानमा बताएका छन् । पदमकुमारीको सिरानीमा रहेको पैसा त्याहीँ भेटिएको छ । रातको अन्धकार समयमा भाग्दा कुकुर भुकेको र घरमुनीको सिस्नुको झाडीमा उनको झोला समेत झरेको थियो । रातिको समयमा भागेका बिक्रम पारीपटी मान्छे नभएको एक घरमा गएर बसेका थिए ।
भोलिपल्ट साउन १० गते विहान ८ बजेतिर पदमकुमारीका देवरका छोरा उनको घरहुँदै गोठतिर जाँदा सदाझै विहानै उठेर कुखुरा चराउने ठुलीआमा ८ बजेसम्म नउठेको कुखुराहरु कराइरहेको सुनेपछि उनको घर पसेका थिए । उनि सुत्ने कोठामा पुग्दा देखिएको त्यो दृश्यले भाबबिहोल भइ अताल्लीदै सबैलाई खबर गरेका थिए । त्यसपछि गाउँमा रुवाबासी चल्यो र प्रहरीलाई खबर आयो । दोलखाका प्रहरी प्रमुख डिएसपी युवराज खड्काले घटनाको जानकारी आउनासाथ प्रहरी निरिक्षकको कमाण्डमा दुई टोली परिचालन गरेको जनाएका छन् । प्रहरी घटनास्थल पुग्दा झण्डै ११ बजेको थियो । गाउँलेको रुवाबासीको बिचमा रगतले लतपतिएर ढलिरहेकी पदमकुमारीको शवको प्रकृति हेर्दा हत्या नै भएको पुष्टि गर्दै प्रहरीले अनुसन्धान तिब्र पा¥यो । घर शिल गरी मसिनो ढंगले अनुसन्धान गरिरहेको प्रहरीले प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट तालिमप्राप्त कुकुर सहित केनाईन टोलि पनि मगायो र थप अनुसन्धान प्रकृया अघि बढाएको थियो ।
पुत्र र पति शोक भोगिरहेकी पदम कमारीका श्रीमान १ वर्ष अघि कालगतिले र जेठा छोरा ढेड वर्ष अघि रहस्यमय ढंगबाट मृत्युको पिडा ब्यहोरीरहेकी थिइन । उनका कान्छा छोरा भने परिवारसहित काठमांडौमा बस्दै आएका थिए । जेठा छोराका परिवार गाउँमै बस्ने भएपनि त्यो रातको घटनाबारे उनिहरुलाई राति कुनै जानकारी भएको थिएन । नातिहरुसमेत भान्जीको जन्मदिन मनाउन लापिलाङ गएका र बुहारी एक्लै घरमा भएकाले पनि राति सोधखोज गर्ने कोहीपनि भएनन् । कान्छा छोरा आमाको हत्याको खबर सुनेपछि काठ्मांडौबाट गाउँ तर्फ हिडेको र आफु नपुगुन्जेल शब नचलाउन भनेपछि प्रहरीले दिनभर घटनास्थल मुचुल्का समेत गरेको थिएन । १० गते साँझ मृतकका छोरा र प्रहरीको तालिमप्राप्त कुकुर सहितको केनाईन टोली घटनास्थल पाटागाउँ पुगेका थिए ।
रातिको अबिरल वर्षाका कारण सबै पखालीएकोले कुकुरले समेत कुनै परिणाम निकाल्न सकेको थिएन । संयोगबस प्रहरीले दिउँसो मृतकको घरभन्दा मुनी एउटा झोला र मृतकको कोठामा रगतले पोतिएको एक थान खुकुरी उसले चाउचाउ खाएको जुठो थाल र चम्चा फेला पारेको थियो । राति घटनास्थल मुचुल्का सहित प्रहरी शव लिएर जिल्ला फर्केको प्रहरी प्रमुख खड्का बताउछन् । त्यसपछि बरामद गरिएको झोला खोलेर हेर्दा बिक्रमका सम्पुर्ण कागजातहरु फेला परेको र सोही प्रमाणलाई अध्ययन गरी निजलाई अनुसन्धान गर्दा उनले हत्या स्विकार गरेको जनाइएको छ । लामिडाँडाको नर्मी गाउँका बिक्रम दुबै जानका लागि काठमांडौमा परिक्षा दिएर तामाकोसी जाने बसमा चढेर चरिकोट झरेका थिए । चरिकोटबाट टेम्पो चढेर क्षमावतीको पानीघाट पुगेपछि सेउली बास को बस चढेर सिसागोलाई झरी पैदलमार्ग हुदै पाटागाउँ पुगेको जनाइएको छ ।
डेढ वर्षमा दाजु भाउजु भतिज गुमाएँ – देवर गोपाल सुनुवार
मृतक पदमकुमारीका देवर ६० वर्षिया गोपाल सुनुवारले डेढ वर्षको अवधिमा आफ्ना दुई अविभावक र एक भतिज गुमाएको दुखेसो गरे । उनले आफ्ना सन्तानलाई गाउँलेले नै देखि नसहेको र यस्ता घटना घटिरहको बताएका छन् । गोपालले भाउजुको त्यस्तो क्र्रुर हत्या भएको देख्दा अब गाउँ सुरक्षित नभएको जनाउदै राज्यले सुरक्षा व्यवस्था कडा बनाउनुपर्ने माग गरेका छन् । उनले लगातार यस्ता घटना भइरहेको त्यो पनि आफ्नै परिवारमा मात्रै भन्दै सुरक्षित तरिकाले बाँच्न पनि नपाउनु दुखद भएको बताएका छन् । उनले भाउजु पदमकुमारीको हत्या पनि अप्रत्यासित नभई सुनियोजित भएको हुनसक्ने भन्दै गहिरीएर अनुसन्धान गर्न प्रहरीसमक्ष माग गरेका छन् ।
आरेपितलाई थप अनुसन्धानका लागि दोलखा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको पत्रकार सम्मेलनमार्फत प्रहरीले जानकारी दिएको छ ।
फोटो
१२ हजार लुट्नका लागि ७५ वर्षिया वृद्ध महिलाको खुकुरी प्रहार गरी हत्या गर्ने कालिञ्चोक ४ का विक्रम कार्की । तस्बिर – gaurishankarpost
