Gaurishankar Post
देश

सामाजिक काम गर्दै मनाए दोलखाका व्यवसायी चौहानले आफ्नो जन्मदिन

दोलखा असार १०

दोलखाका चर्चित व्यबसायी कमल चौहानले विगतझैं आफ्नो जन्मदिनलाई सामाजिक कामसँग जोडेर मनाएका छन् । रामेछाप स्थायी घरभई लामो समय देखि दोलखामा व्यवसाय सञ्चालन गर्दै आएका चौहानले आफ्नो जन्मदिनलाई सामाजिक कामसँग जोडेर मनाएका हुन् ।

आज असार १० चौहानको जन्मदिन बिगत वर्षहरुमाझै उनले आज पनि विभिन्न सेवामुलक सामाजिक कामहरु गर्दै जन्मदिन मनाए । मन्थली नगरपालिका वडा नम्बर १३, फूलासी , रामेछापका चौहानले आफ्नो ३८ औं जन्म दिनको अवसरमा चरिकोटस्थित बालगृहमा आश्रीत अनाथहरुलाई सहयोग गरेका हुन् ।चौहानले आफ्नो जन्म दिनको अवसर पारेर बुधवार विहान गौरीशंकर बालगृह पुगी त्यहाँका बालबालिकालाई खेल सामग्री तथा खाद्यान्न हस्तान्तरण गरे ।

त्यसैगरी तामाकोशी गाउँपालिका वडा नम्बर १ का क्यान्सरपीडित राम्जी काफ्लेको उपचारमा सहयोग स्वरुप रु २० हजारको चेक समेत हस्तान्तरण गरे ।साथै ट्राफिक कार्यालय सातदोबाटोलाई लामो समय प्रयोग गर्न मिल्ने १५ थान माक्स पनि बुधवार विहाननै उनले हस्तान्तरण गरे ।

अन्तराष्ट्रिय मानबअधिकार संगठन एम्नेष्टी इन्टरनेशनल दोलखाका सहसंयोजक समेत रहेका व्यवसायी चौहान सबैका प्यारामध्येका पर्छन् । जन्मोत्सव मनाउन अनावश्यक ठाउँमा फजुल खर्च गर्नुभन्दा साँच्चै सहयोगको आवश्यकता रहेकाहरुलाई सहयोग गर्दा आफूलाई आत्मसन्तुष्टी मिल्ने भएकोले आफूले विगत वर्षहरु देखिनै समस्यामा परेकाहरुलाई जन्मदिनको अवसर पारेर सानो भए पनि सहयोग गर्ने गरेको चौहानले बताए ।

याे पढ्न छुटाउनु भयाे की ?

माथिल्लो तामाकोसीको डिसेण्डर बेसिनमा पानी भर्न सुरु, दोलखा कांग्रेसको बिरोध

shyam khatiwada

तामाकोशीका युवाहरुलाई रोजगारीमा प्राथमिकता दिनुपर्नेमा जोड

shyam khatiwada

मलेसियामा कार्यरत नेपालीहरुबाट मृगौला पडितलाई सहयोग

shyam khatiwada
Gaurishankar Post