Gaurishankar Post
अर्थ र बाणिज्य ब्रेकिंग

सिंगटी खोलाको आइपिओ आबेदन गर्ने समय अब २ दिन मात्रै बाँकी


दोलखा २ फागुन
दोलखाको सिंगटी खोलामा निर्माण भएको २५ मेगावाट क्षमताको सिंगटी जलविद्युत आयोजनाले आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि जारी गरेको साधारण शेयर भर्ने समय अब २ दिनमात्रै बाँकी छ ।
आयोजनाको निर्माण कम्पनी सिंगटी हाइड्रो इनर्जीले आयोजना प्रभावित क्षेत्र कालिञ्चोक र विगु गाउँपालिकाका स्थानीयहरुलाई जारी गरेको शेयरको समय अवधि भोली अर्थात फागुन ३ गते सकिन लागेको हो । आयोजनाका लेखा अधिकृत सुदिप खड्काले शेयर आबेदन गर्न बाँकी रहेका स्थानीयहरुलाई समय २ दिन मात्रै बाँकी रहेकाले आज र भोलीमा आबेदन गरिसक्न अनुरोध समेत गरेका छन् । पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुलाई लक्षित गर्दै १४ लाख ५० हजार कित्ता साधारण शेयर माघ ४ गतेदेखि खुल्ला गरेको थियो । माघ ४ गते देखि माघ १९ गतेसम्मको समयमा प्रयाप्त शेयर नपरेपछि समय अवधि फागुन ३ गतेसम्म थप गरिएको थियो । स्थानीयहरुको शेयर संकलन गर्न नेपाल बैंक लिमिटेड , सेञ्चुरी कमर्शिएल बैंक , सिंगटीस्थित आयोजनाको कार्यालय र कालिञ्चोक गाउँपालिका २ बाबरेमा संकलन केन्द्र छन् । त्यसबाहेक काठमाडौंमा बसोबास गर्ने स्थानीयहरुका लागि त्रिपुरेश्वर स्थित मेगा क्यापिटलको कार्यालयबाट भर्ने व्यवस्था समेत मिलाइएको लेखा अधिकृत खड्काले जानकारी दिए । उनका अनुसार अहिलेसम्म १२ करोडको हाराहारीमा रकम संकलन भैसकेको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखामा फिल्म सिटी निजी सार्वजनिक साझेदारी मोडेलमा निर्माण हुने

shyam khatiwada

दोलखामा श्रीमतिले खुकुरी प्रहार गर्दा श्रीमान गम्भीर घाइते

shyam khatiwada

विषयगत शिक्षक नभएको र चरम राजनीति भएको भन्दै सारदा मावि बुलुङका विद्यार्थी आन्दोलनमा

shyam khatiwada
Gaurishankar Post