श्याम खतिवडा ,
दोलखा ७ बैशाख
दोलखाको भीमेश्वर १ सुष्पाक्षमावति बाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीस्थित पिस्करमा बिहेको जन्ती बोकेर जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनको मृत्यु भएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ को तौथली नजिकै दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको र ५२ जना घाइते भएका हुन् । मृत्यु हुनेमा भीमेश्वर नगरपालिका १ दोलखाका अन्दाजी ७० वर्षिया मान बहादुर थामी , सोही वडाका अन्दाजी वर्ष १६ का शिव श्रेष्ठ र भीनपा १ कै अन्दाजी १७ वर्षिया दिपेन्द्र थामीको घटनास्थल पुगेका भीमेश्वर नगरपालिकाका मेयर इश्वर नारायण मानन्धरले जानकारी दिएका छन् । उनका अनुसार घाइते ५२ जनामध्ये सामान्य घाइते २३ जनाको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार भैरहेको छ भने बाँकी २९ जनाको खाडिचौरस्थित सिन्धु सदाबाहर अस्पतालमा उपचार भैरहेको छ । सिन्धु सदाबाहर अस्पतालका अनुसार गम्भीर घाइते भएका बिरामीहरुको पहिचान भैरहेको र उनिहरुलाई काठमांडौ पठाइने तयारी भैरहेको छ ।
शुक्रबार विहान ३ बजे दोलखाको सुस्पा क्षमावतीबाट स्थानीय शुसिल थामीको विवाहाका लागि जन्ती लिएर सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीस्थित पिस्कर तर्फ हिडेको रोल्वालिङ यातायातको बा ४ ख ५६१६ नम्बरको बस सिन्धुपाल्चोकको तौथली नजिकै धरावतिमा दुर्घटना भएको थियो । बस सडकबाट झण्डै एक सय मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डिएसपी निरन्जन भट्राइले जनाएका छन् । उक्त वस दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको प्रहरीले उनले बताए ।