Gaurishankar Post
वाग्मती समाचार

सुनसरीका समाजसेवी भट्टराईले चितवनमा गरे सहयोग


सुनसरी दुहबीका समाजसेवी सुमन भट्टराईले चितवनमा लकडाउनका कारण समस्यामा परेका परिवारलाई खाद्यसामग्री सहयोग गरेका छन् । भट्टराईले १२ हजार किलो चामल पूर्व अर्थमन्त्री एवं चितवन क्षेत्र नम्बर एकबाट प्रतिनिधिसभामा निर्वाचित सुरेन्द्र पाण्डेलाई हस्तान्तरण गरेका हुन् । भट्टराईले १० केजीका १२ सय बोरा अर्थात् १२ हजार चामल राहतका लागि सुनसरीको दुहबीबाट चितवन पठाएका हुन् । सांसद पाण्डेका स्वकीय सचिव केशव कंडेलले सो चामल चितवनका राप्ती नगरपालिका, खैरहनी नगरपालिका र रत्ननगर नगरपालिकालाई ४ सय बोराका दरले हस्तान्तरण गरिएको जानकारी दिए । सहयोग गरिएको चामल भट्टराईले दुहबीबाट चितवन पठाएका हुन् । चामल तिनवटा नगरपालिकामा लकडाउनका कारण खाद्य अभाव भएकालाई वितरण गरिने छ । राहत वितरणका लागि सरकारले एकद्वारा नीति बनाएकाले चामल नगरपालिकालाई हस्तान्तरण गरिएको कंडेलले जानकारी दिए । चामल नगरपालिकामार्फत लकडाउनका कारण खाद्य अभाव खेपिरहेका मजदुर तथा विपन्न परिवारलाई वितरण गरिनेछ ।।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको छ। विगत लामो समयदेखि जारी लकडाउनका कारण गरिब ,विपन्न तथा मजदुरहरुलाई समस्या परेको भन्दै आफुले सक्दो सहयोग गरेको समाजसेवी भट्टराईले बताए। सरकारले एकद्वार नितिबाट राहत वितरण गर्ने निर्णय गरेकोले राहत स्वरुप सहयोग गरेको चामल नगरपालिकालाई हस्तान्तरण गरेको उनले बताए।

भट्टराईले यसअघि पनि ताप्लेजुङ, सुनसरी तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको निर्वाचन क्षेत्रमा खाद्य सामाग्री सहयोग गरेका थिए। त्यस्तै दुहबी नगरपालिकालाई राहतका लागि १ लाख नगद सहयोग गरेका थिए।

याे पढ्न छुटाउनु भयाे की ?

च्छोरोल्पा अस्पतालमा वाल शल्यक्रिया शिविर,९ जनाको शल्यक्रिया

shyam khatiwada

भीनपाको बिसन्टोलमा रित्तियो नेकपा , ठुलो संख्यामा युवा कांग्रेसमा प्रवेश

shyam khatiwada

सिन्धुपाल्चोक बस दुर्घटना(अपडेट) मृतक ३ जनाको पहिचान खुल्यो

shyam khatiwada
Gaurishankar Post