Gaurishankar Post
अर्थ र बाणिज्य सुचना प्रविधि

सुबिसुका ग्राहकलाई रिफरमा बोनसको अफर

दोलखा, साउन १३
नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले आफ्ना ग्राहकहरु माझ ‘रिफरमा बोनस अफर’ ग्राहकमाझ ल्याएको छ ।
यस अफरअन्तर्गत सुबिसुका ग्राहकहरुले सुबिसुको इन्टरनेट÷टिभी सेवा आफन्त तथा साथीभाईलाई रिफर गरी आफ्नो यथावत रहेको सेवामा थप एक महिना निःशुल्क सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । इन्टरनेटको बढ्दो माग र विश्वसनीय सेवालाइ पूर्णरुप दिन यो अफर ल्याइएको बताइएको छ ।

सुबिसु केबलनेट प्रालिले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस व्यानएथर्नेट, होलसेल आइ.पि ट्रान्जिट, एम.भि.पि, डाटा सेन्टर सोलुसन, जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको सुबिसुको चरिकोटस्थित शाखा प्रबन्धक तुलसी मानन्धरले जानकारी दिइन । नेपालको पहिलो डिजिटल केवल टेलिभिजन सेवा प्रदायकको रुपमा रहेको सुबिसु क्लियर टिभीले एमपीइजी–४ स्ट्यान्डर्ड डिफिनेसन र हाई डिफिनेशन च्यानल केबलमार्फत कन्डिसनल एसिस सिस्टमको प्रयोग गरी सेटअफ बक्सको माध्यमबाट प्रसारण गर्ने गर्दछ ।

याे पढ्न छुटाउनु भयाे की ?

द्रुत गतिमा सम्पन्न भएको चरिकोट- जिरी सडक

shyam khatiwada

खेलको माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ महावाणिज्यदूत कार्की

shyam khatiwada

सिंगटी खोलाको आइपिओ आबेदन गर्ने समय अब २ दिन मात्रै बाँकी

shyam khatiwada
Gaurishankar Post